​सुन तोलाको ४७ हजार ५ सय

२०७२ श्रावण १९ गते, मंगलवार

काठमाडौं,१९ साउन। सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेर तोलाको ४७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ सोमबार २ सय रुपैयाँले घटेको थियो ।
यस्तै चाँदीको भाउ पनि मंगलबार तोलाको ५ रुपैयाँ सस्तो भएको छ । चाँदी तोलाको ६ सय ६० रुपैयाँमा किनबेच भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले नेपालमा पनि भाउ घटेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रियाहरु