फोरेट नामक घातक विषादीमा प्रतिबन्ध

२०७२ श्रावण १९ गते, मंगलवार

काठमाडौ, १९ साउन । बालि संरक्षण निर्देशनालयले बालिनालीमा प्रयोग हुने फोरेट नामक घातक विषादीमा प्रतिबन्ध लगाएको छ । एक वर्ष अघि नै यो विषादीमा प्रतिबन्ध लगाउने भनिए पनि सरकारले प्रतिबन्ध लगाउन सकेको थिएन ।
फोरेट नामक विषादी अब प्रयोग गर्न र बिक्री वितरण गर्न नपाइने बालि संरक्षण निर्देशनालयले जनाएको छ । गएको असार महिनाको अन्तिमदेखि बिक्री गर्न नपाइने गरी प्रतिबन्ध लगाएको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताए ।
किसानले चेतनाको अभावमा फोरेट नामक घातक विषादीको जथाभावी प्रयोग गर्न थालेको पाइएपछि प्रतिबन्ध लगाएको उनले बताए । किसानले बालि लगाउनु अघि माटोमा यो विषादी मिसाउने गरेका छन् । यो विषादीका कारण क्यान्सर, पक्षघात जस्ता गम्भीर रोग लाग्ने खतरा धेरै हुन्छ । सरकारले फोरेट सहित अहिलेसम्म १६ वटा विषदीको प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार