मोदीखोलाको विद्युत उत्पादन पुन : शुरु

२०७२ श्रावण १८ गते, सोमबार

काठमाडौं, १८ साउन । ६ दिनअघि बाढी पहिरोले बन्द भएको मोदीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन शुरु भएको छ । पर्वतको पातिचौरस्थित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत आयोजनाले हिजो बेलुकादेखी विद्युत उत्पादन शुरु गरेको हो । गतबुधबार राती आएको बर्षाका कारण मोदीखोलामा बाढी आउँदा बन्द भएको आयोजनाको प्रसारणलाईन मर्मत पछि बिद्युत उत्पादन सुचारु भएको हो । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको आयोजनाबाट मर्मत पछि १० मेघावाट विद्युत उत्पादन भैरहेको छ ।
पहिरोले अबरुद्ध पोखरा बागलुङ्ग राजमार्ग मर्मतपछि क्षतिग्रस्त प्रसारण लाईन मर्मत गरि बिद्युत उत्पादन सुरु गरिएको मोदीखोला जलबिद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । तर मोदीखोलामा आएको बाढीले चुवा स्थित बिद्युत गृहमा क्षति पुगेपछि १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत आयोजनाको उत्पादन भने बन्द नै रहेको छ ।
तल्लो मोदीखोला जलविद्युत आयोजना एकको उत्पादन सुचारु गर्न दुई महिना लाग्ने भएको छ । आयोजनामा ३० करोड रुपैयाँ क्षति भएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले बताए ।

प्रतिक्रियाहरु