सुबिसुको आर्कषक प्याकेज

२०७२ श्रावण १७ गते, आईतवार

काठमाडाैँ । सुबिसु केवलनेट प्रा लिले Clear TV सेवा अन्तर्गत आर्कषक प्याकेजहरु ग्राहक समक्ष प्रस्तुत गरेको छ । नेपालको अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले ग्राहकवर्गहरुले आफ्नो आवश्यकता अनुसार यी प्याकेजहरु खरीद गर्नसक्ने बताएको छ। प्याकेजहरुलाई बेसिक, बेसिक प्लस र प्रिमियम भनेर छुट्याइएको सुबिसुले बताएको छ। जसको मासिक शुल्क न्युनतम ५०० रुपैयाँदेखि अधिकतम १०५० रुपैयाँसम्म (भ्याट सहित) रहेको छ ।
सुबिसु केवलनेट प्रा लिले Clear TV सेवा अन्तर्गत ल्याएको आर्कषक प्याकेजको विवरण निम्नानुसार रहेको छ।
१. बेसिक प्याकेजः यसमा ९५ं डिजिटल च्यानल तथा ४ एचडी च्यानल रहेका छन् ।
२. बेसिक प्लस प्याकेजः यसमा उपलब्ध सम्पूर्ण डिजिटल र एचडी च्यानलहरु तथा तलका सब–बेसिक प्लस प्याकेजमध्ये कुनै एक ग्राहकहरुले छनौट गर्न सक्नेछन्।
३. प्रिमियम प्याकेजः यसमा उपलब्ध सम्पूर्ण डिजिटल र एचडी च्यानलहरु प्राप्त हुनेछ । हाल Clear TV सेवामा १९ भन्दा बढी एचडी र ९५ भन्दा बढी डिजिटल च्यानल रहेका छन् ।
त्यस्तै कम्पनीले ADD-ONS नामक सब–प्याकेज पनि निर्माण गरेको छ जसको मासिक शुल्क २०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म (भ्याट सहित) रहेको छ । ग्राहकवर्गहरुले यस प्याकेज मार्फत आफुलाई मनपर्ने कुनै पनि प्याकेज रोज्न सक्ने कम्पनीले बताएको छ। साथै कम्पनीले सिमित अवधिका लागि अफर पनि प्रस्तुत गरेको छ । ग्राहकहरुले ६ हजार ४ सय ९९ रुपैयाँ (भ्याट सहित) मा ६ महिनाको बेसिक प्लस प्याकेज र एक पटकको प्रारम्भिक जडान सेवा तथा सेट–टप बक्स निःशूल्क पाउनेछन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार