स्मार्टफोनका अफवाहहरु

२०७२ श्रावण १७ गते, आईतवार

काठमाडौँ । जुन पनि प्रविधिको आफ्नै तथ्य कुराहरु हुन्छन् । कुनै तथ्य साँचो हुन्छन् भने कुनै झूटा हुन्छन् । धेरै कुराहरु झुट भएपनि हामी हल्ला ले नै साँचो हो भनेर पत्याउन थाल्छौँ । स्मार्टफोनको विषयमा पनि यो केहि फरक छैन । कम्प्युटर, क्यामेरा र अरु यन्त्रहरु जस्तो स्मार्टफोन धेरै पुरानो हैन । तर पनि स्मार्टफोनको विकास भएदेखि नै यस सम्बन्धी बिभिन्न अफवाहहरु पनि योसँग जोडिँदै आएका छन् । हेरौँ ति मध्ये केहि प्रचलित अफवाहहरु जुन हामीबिच निकै चर्चित छन् ।
धेरै मेगापिक्सेल मतलब राम्रो क्यामेरा वास्तविकता । धेरै मेगापिक्सेलले राम्रो तस्बिर दिदैन । धेरै मेगापिक्सेल तबमात्र राम्रो हुन्छ जब हाम्रो लक्ष्य खिचिएको तस्बिरलाई ठुलो कागजमा छाप्नु हो । राम्रो तस्बिर लिने क्यामेरा भएको स्मार्टफोन चाहिएमा क्यामेराको सेन्सर र ऐपेर्चरको व्यास हेर्नुहोस । कुनैपनि क्यमेराको एपेर्चरको व्यास जति धेरै हुन्छ त्यसबाट खिचिएको तस्बिर त्यति सफा आउँछ । तर क्यामेराको दाम पनि एपेर्चरको व्यास अनुसार महङ्गो हुन्छ ।
धेरै कोर भएको प्रोसेसरले कम ह्याङ हुने स्वास्तविकता । बढि कोर भएको प्रोसेसरले मात्र स्मार्टफोनको एप्स प्रयोग गर्ने रफ्तारमा असर पार्दैन । किनभने स्मार्टफोनको रफ्तारमा प्रोसेसरको बनावट, एप्सहरुको व्यवस्थापनमा प्रोसेसरको प्रविधि जस्तो पक्षहरू पनि सामेल हुन्छन् । जस्तै कि ‘हाई–एन्ड क्वाड कोर’ ९४ कोर) भएको स्मार्टफोन ‘ओक्टा–कोर’ ९८ कोर) भएको स्मार्टफोन भन्दा छिटो हुन्छ ।
धेरै क्षमताको ब्याट्रिले ब्याट्रिको लामो आयुस्वास्तविकता । धेरै क्षमताको ब्याट्रिले मात्र ब्याट्रिको लामो आयुमा भुमिका खेल्दैन । कुनै ब्याट्रिको राम्रो क्षमता भएपनि लामो समयसम्म टिक्दैन भने कुनै कम क्षमताको ब्याट्रिलाई २, ३ दिनसम्म चार्ज नगरे पनि पुग्छ । यसको मुख्य कारण स्मार्टफोनको प्रोसेसर हो । कुनै एपहरु आफै सुरु हुन्छन्, ब्याकग्राउन्डमा चलिरहन्छन् भने कुनैले वाई–फाईको प्रयोग गरिरहन्छन् । यो कारणले प्रोसेसरको बढि उपयोग हुन्छ जसले गर्दा ब्याट्रि पनि उति नै उपयोग भईरहन्छ ।
स्वचालित ब्राइट्नेस, चल्ने वाल्पेपर र ब्लुतुथले ब्याट्रि नष्ट गर्छ वास्तविकता । स्वचालित ब्राइट्नेस, चल्ने वाल्पेपर र ब्लुतुथले ब्याट्रिको चार्जलाई बढि असर गर्दैन । यि सबै फिचर बन्द गर्नु र खुल्ला राख्नुमा ब्याट्रिको खपतमा केही प्रतिशतले मात्र फरक पर्छ ।
चुम्बक नजिक राख्दा स्मार्टफोनको सबै डेटा नष्ट हुन्छन् वास्तविकता । स्मार्टफोनमा एस एस डि मेमोरी प्रयोग गरिएको हुन्छ । एस एस डि चुम्बकको असरबाट सुरक्षित हुने गरि बनाईएको हुन्छ । चुम्बकको असर म्याग्नेटिक टेप प्रयोग भएको मेमोरीमा मात्र हुन्छ । तसर्थ चुम्बक नजिक राख्दा स्मार्टफोनमा राखिएका तपाईँका तस्बिर र गितसंगितहरुमा केहि हानि हुँदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार