एफएम रेडियोको संख्या छ सय नाघ्यो

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौँ । नेपालमा एफएम रेडियोको संख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोल सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् । बाँकी ९१ एफएम रेडियोहरू विविध कारणल सञ्चालनमा आएका छैनन् । असार महिनामा मात्र १२ वटा एफएम रेडियोले अनुमति पाएका छन् ।
सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाई एकै सहर वा गाउँमा धेरैवटा एफएम रेडियो खोल्नुभन्दा पनि एउटा पनि नभएको ठाउँमा खोल्नु स्वाभाविक मान्न सकिने धारणा राख्छन् । रेडियोको संख्यामा वृद्धि भए तापनि त्यसको स्थायित्वमा चुनौती देखिएको उनको अनुभव छ ।
सरकारले वि.सं. २००७ मा रेडियो नेपाल सञ्चालनमा ल्याएको थियो । त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालन आयो ।
निजी क्षेत्रबाट २०५४ सालमा एफएम रेडियो प्रसारणको सुरुवात भएसँगै ६० को दशकमा ती एफएम रेडियोको संख्यामा अत्यधिक वृद्धि भएको सञ्चार मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ ।
सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थील भने, ‘नेपाल लोकतान्त्रिक मुलुक भएको नाताले निजी क्षेत्रबाट एफएम सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्न सक्छ, तर त्यसको स्थायित्व र गुणस्तरका बारेमा भने निजी क्षेत्र स्वयं नै जिम्मेवार हुनुपर्छ ।’
ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाल दिनमा १२र१३ घन्टा विद्युत् भार कटौती हुने र विज्ञापनको बजारसमेत कमजोर भएको मुलुकमा ६३८ वटा एफएम रेडियोको आवश्यकता नहुने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार