डिजाष्टर रिकभरी सेन्टर स्थापना

२०७२ श्रावण १२ गते, मंगलवार

काठमाडौ, १२ साउन । आन्तरीक राजश्व विभागले प्राकृतिक प्रकोप लगायतका कारणले करदाताको सूचना नष्ट नहोस भनेर भैरहवामा डिजाष्टर रिकभरी सेन्टर स्थापना गरेको छ । पर्याप्त पावर व्याकअपको उपलब्धता रहेकाले आन्तरिक राजश्व विभाग काठमाडौंमा रहेको मुख्य डाटा सेन्टर प्राकृतिक प्रकोप तथा अन्य कुनै कारणले बन्द हुन गएमा पनि यो केन्द्रमा ईन्टरनेटमा आधारित सबै सेवाहरु सञ्चालन गर्न सकिने छ ।
प्राकृतिक प्रकोप लगायत विविध कारणले करदाताको सूचना नष्ट हुने सम्भावनालाई ध्यानमा राखेर स्थापना गरिएको डाटा सेन्टरको सञ्चालन, नियन्त्रण तथा अनुगमन काठमाडौं स्थित डाटा सेन्टरबाट नै हुनेछ । भैरहवामा स्थापना गरिएको डाटा सेन्टरमा नेपालमा रहेका सम्पुर्ण करदाताको सूचना रहने आन्तरीक राजश्व कार्यालय भैरहवाका प्रमुख महाराज कोइरालाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार