संविधानको मस्यौदा ठाउठाउमा जलाइयो

२०७२ श्रावण ३ गते, आईतवार

काठमाडौँ , ३ साउन । नेकपा माओवादीले संविधानको मस्यौदा विभिन्न जिल्लाहरुमा जलाएको छ । माओवादीले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई लत्याउँदै संसदीय व्यवस्था जबरजस्त लाद्न चार पार्टी केही नेताले संविधान ल्याउन लागेको भन्दै विरोधमा उत्रेको माओवादीले देशभर सुझाव संकलन सामाग्रीसहित सस्यौदा कब्जा लिएर जलाएको हो । यसैक्रममा माओवादीले सल्यान , अछाम र रुकुम जिल्लाको विभिन्न गाविसमा पुगेका सुरक्षाकर्मीसहित कर्मचारीहरुबाट संविधानको मस्यौदा कब्जामा लिएर जलाएको हो ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला पार्टीले मस्यौदा कब्जा गरी जलाउनका साथै सुरक्षाकर्मी र कर्मचारीलाई फिर्ता पठाएको माओवादीका स्थानिय नेताले बताएका छन । माओवादी जिल्ला सेक्रेटरीहरुले सुझाव संकलनको नाममा कर्मकाण्ड पूरा गरी जनविरोधी संविधान ल्याउने तयारी भएकाले आफूहरुले मस्यौदा जलाएको बताएका छन । उनिहरूले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सुझाव संकलनको लागि गाउँ नजान पनि आग्रह गरेको बताउँदै आग्रहको बेवास्ता गरी गएमा आफूहरु आउने परिणमको जिम्मेवारी नहुने बताएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु