सिन्धुपाल्चोकमा जे देखियो – ओमप्रकाश पुन

२०७२ श्रावण २ गते, शनिबार

पार्टी केन्द्रिय समितिको गत बैशाख ३१ र जेठ १ गते बसेको बैठकले भुकम्प प्रभाबित क्षेत्रमा उद्दार, राहात र पुर्ननिर्माणका लागि पार्टिको तर्फबाट असार पहिलो हप्ता सम्म तीन चरणमा तीस हजार नेता कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम केन्द्रिय समितिको बैठक लगत्तै जेठ ४ गते हाम्रो सेति महाकाली ब्युरोको बैठक धनगढीमा बस्यो र बैठकले पहिलो चरणमा केन्द्रिय सदस्य देबि दत्त पाण्डेको नेतृत्वमा तनहु र लमजुङ, दोश्रो चरणमा राम प्रसाद तिमिल्सेनाको नेतृत्वमा काभ्रे र तेश्रो चरणमा मेरो नेतृत्वमा सिन्धुपाल्चोक सेमको टिम जाने निर्णय ग¥यो । त्यस अनुसार मेरो नेतृत्वको २१ सदस्य टिम गत जेठ २९ गते कैलालीको धनगढीबाट सिन्धुपाल्चोकको लागि प्रस्थान ग¥यो । २१ सदस्य टिममा कैलालीबाट जिल्ला सचिब कृष्ण बडुवाल(क.महेश) सहित अन्य कमरेडहरुमा लोक बहादुर पल्ली राना मगर(अनुकुल), बिर बहादुर बुड थापा(बिज्ञान), तेज बहादुर बिष्ट(बिनोद), रुद्र बहादुर बिष्ट(किरण), अमृत के.सी.(प्रतिकाण्ड), राजु भट्टराई(राजु), नन्दबहादुर बम(सम्वेदन) कंचनपुरबाट पूर्ब जिल्ला सचिब दिलबहादुर बि.क.(क.निरज) सहित बिरेन्द्र भण्डारी(बिक्रम) र गौरब धामी(गौरब) युवा जनस्वयं सेवक सेम ब्युरो संयोजक हिक्मत मल्ल(प्रकाश) र सचिब तपेन्द्र तिमिल्सेना(संघर्ष), डोटीबाट नर बहादुर घर्ती(निशान), बाजुराबाट पूर्ब जिल्ला सचिब तथा सभासद डबल शाह(भगतसिंह), अछामबाट रामबहादुर थापा(रकेट) र निरक शाही(निश्चल), डडेलधुराबाट डम्मर सिंह बोहरा(सागर) र दार्चुलाबाट बिष्णुराज लेखक(विजुभाइ), बझाङबाट घनश्याम बि.क.(कमल) र म रहेका थियौं । तयार भएको २५ सदस्य टिममा ४ जना बाटोमै छुटे पछि हामी २१ जना जेठ ३० गते बेलुका सिन्धुपाल्चोकको महाङकाल गा.बि.स.वार्ड नं. ८ मराम्ची पुग्यौं । हाम्रो टिम ३० गते बिहान काठमाण्डौं पुगि तामसालिङ राज्य ईन्चार्ज चिरन पुन र सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज बाबुराम गजमेरमार्फत् जिल्ला पार्टीसँग जोडिएको थियो । त्यतिवेला सिंगो तामसालिङ एउटै राज्य थियो जो अहिले तीन वटा उप–ब्युरो सहितको एउटा ब्यूरो बनेको छ । पार्टी योजना मुताबिक हाम्रो टिमलाई सम्बन्धित ठाउँमा लिनाको लागि सिन्धुपाल्चोकका पार्टी जिल्ला सचिब कमल माजी, राष्ट्रिय युवा जनस्वयंसेबकका जिल्ला अध्यक्ष सोमबहादुर तामाङ्ग र अखिल क्रान्तिकारीका जिल्ला सचिब शंकर ढकाल लगाएत काठमाण्डौमै हुनुहुदो रहेछ । पछि उहाँहरु निरन्तर हाम्रो टिमसंगै खट्नु भयो । उहाँहरुले हामीलाई लिन काठमाण्डौबाटै एउटा छतविनाको जिप बनाउँनु भएको रहेछ । हामी त्यसैमा उभिएर गयौं । हामी बाटोमा भुकम्पले ध्वस्त पारेका गाउँ बस्तिहरु हेर्दै गयौं । बाटोमा पहेलो ड्रेस लगाएको हाम्रो टिमलाई देख्दा सबैले आश्चर्य मानेर हेर्थे र उद्धारमा आएको टिम हो भन्ने थाहा पाएकाहरुले सहयोगको माग गर्थे । हामी ध्वस्त बस्ति र आहात मानिसहरुको अवस्थाई देखेर कसरी उद्धारको कामलाई अगाडि बढाउने होला भन्ने कल्पना सहित मेलम्चि हँुदै बेलुका ९ बजे सोमबहादुर तामाङ (क.अभिशेक) को घरमा पुग्यौं । घर परिवारले राम्रो स्वागत गरे । थकावट धेरै लागेकोले भोलिको कामको सामान्य योजना सहित खाना खाएर हामी सबै त्याँहि सुत्यौं । भोलिपल्ट अर्थात जेठ ३१ गते बिहान हामीले सिंगो गाउँ सर्वे गरि कामको प्राथमिकताक्रम छनौट ग¥यौं । जस अनुसार त्यस दिन हामीले क.अभिशेक, उहाँको बुबा र दाइ–भाइको घर उद्धार र पुर्ननिर्माण गर्ने काम ग¥यौं । पहिलो दिन अनुभबको कमिका कारण अलि असजिलो महसुस पनि भयो तर टिमले पुरै उत्साहका साथ काम ग¥यो । जेठ ३२ गते हामीले कमरेड महेश र डबल शाहको नेतृत्वमा मैले समन्वय गर्ने गरि १०÷१० जनको दुई टिम बनाई निन्देश्वरी महाकाली प्रा.वि.को उद्धार र राजकुमार तामाङको घर उद्धार र निर्माणकार्य सम्पन्न भयो । असार १ गते एकल महिला चिर माई तामाङको घर उद्धार र टहरा निर्माण, रेक्पा तामाङ जसको भुकम्पमा परि श्रीमती र छोरा मरेका रहेछन् उनको टहरा निर्माण र सानुकान्छा तामाङको घर उद्धार गरियो । असार २ गते एकल महिला नानु तामाङको जोखिमपूर्ण घर उद्धार र निमार्ण अनि महाकाली प्रा.बि को सामान र ढुङ्गा ब्यबस्थापन गरियो । असार ३ गते नानु माया तामाङ जितमान तामाङको टहरा निर्माण, बुद्धिमान, बिरमान र अशोकमान तामाङको घर उद्धार गरियो । असार ४ गते चार टिम बिभाजन गरि महांकाल ९ सेरामा मान बहादुर तामाङ(ड्राईभर बाजे) को जोखिम पूर्ण घर उद्धार, मराम्चीमा लपन तामाङको घर उद्धार र निर्माण, काजीमान तामाङ र मुना तामाङको टहरा निर्माण गरियो । असार ५ गते राज बहादुरको घर र पर्खाल निर्माण, बिमान र मंगलमानको टहरा र शंखमान तामाङको घरको छाना निर्माण गरियो ।
यहाँ बस्दासम्म जनताले धेरै माया गरे । खानपिनमा हरेक दिन जसो मासुको ब्यबस्था गरेका हुन्थे । पहिले यो ठाउँ हाम्रो आधार क्षेत्र रहेछ । सबै तामाङ बस्ति भएकोले घरघरै जसो जाँड रक्सि बनाउँने चलन रहेछ तर पनि जथाभाबी खाएर मात्तिएको कोहि देखिएन । तामाङ भाषमा जाँडलाई हुर्रे र रक्सिलाई आइराक भन्निदो रहेछ । यहाँका युवा युवतीहरु प्राय रोजगारीको लागि बाहिर जाने चलन रहेछ । यो गाउँमा १९ जनाले भुकम्पमा परि ज्यान गुमाएका रहेछन् । गाउँमा धेरै घाइतेहरु पनि थिए । कैयौंको भगनावेश घरमा अझै पनि गाई, गोरु, बाख्रा र भैसी पुरिएकै अबस्थामा थिए । सबै गाउँलेहरु टिनको अस्थायी छाप्रोमा बसेका र चर्पीको अभाबका कारण गाउँ दूर्गन्धित हुँदै गएको अबस्था देखिन्थ्यो । बाटो घाटो र डाँडा पाखा फाटेर धाँजा धाँजा परेका देखिन्थे । भत्केका घरहरुको मात्रै उद्धार गर्ने हो भने पनि महिनौ दिन लाग्ने देखिन्थ्यो । जनताको घर पुनर्निमाण र उद्धार गर्दा यसो गरौं भन्दा पनि हुन्छ भन्थे र उसो गरौं भन्दा पनि हुन्छ भन्थे । मतलब जनतामा मनोबैज्ञानिक त्रास अझै हटेको थिएन । जनताले सरकारी राहत रु. १५ हजार बाहेक केहि पाएका रहेनछन् । सरकारी र गैर सरकारी निकाय कोहि पनि गाउँमा पुगेका रहेनछन् । केहि एनजिओ र आइएनजिओहरु तल यातायात सुबिधा भएको मेलम्चि बजारसम्म पुगेर सामान्य राहात बितरण गरेर फर्किदा रहेछन् । अझ कतिपय आईएनजिओहरुले त यसो गर र उसो गर भनेर जनतालाई अनाबश्यक दुःख दिने गरेको पनि पाईयो । पार्टीहरु त झन त्यहाँ पुग्ने कुरै भएन । हामी फर्किदाको दिन भने काँग्रेस हुन वा एमालेकाहरु पत्रकार लिएर मेलम्चि बजारमा पुगेका देखिन्थे हेलमेट लाएर । जनताले भन्दै थिए कि एमालेका युवाहरु १८÷२० हजार ब्यक्तिगत खर्च लिएर आएका छन् अरे । हामीलाई पनि पहिले त्यस्तै सोचेका रहेछन् तर हामीले आफ्नै खर्चले दःुख सुख गरि आएको भन्दा जनता धेरै खुसी हुन्थे । हामी आफ्नै पहिचानको पहेलो ड्रेसमा “भुकम्पिय ध्वंसलाई निर्माणमा बदलौं ! बिपत्तिलाई समृद्धिको आधार बनाऔं !!” भन्ने पार्टीको मुल नारा लेखि सेति महाकाली ब्युरोको नामबाट गएका थियौं । हामीलाई आबश्यक औषधी सहयोग समेत महाङकाल सामुदायिक स्वास्थ्य केन्द्रले गरेको थियो ।
६ दिनको बसाई पछि ५ गते नै महाँकाल गा.बि.स.छोड्ने योजना थियो हाम्रो । जिल्ला सचिब कमल माजीका अनुसार हामी चौतारा नगरपालिका सिरुवारीको एउटा विद्यालय निर्माण गर्न जाने भन्ने भएकोले हामी ५ गते दिउँसो २ बजे त्यहाँबाट बिदा भै गाडि चढ्यौं तर मेलम्चि बजारमा हामी सवार गाडी बिग्रियो । अब चौतारा जाने गाडि पनि नपाउँने र बिचमा बस्ने ब्यबस्था पनि नहुने निश्चितभए पछि कार्यक्रम तालीका परिबर्तन गरी हामी पुरानो फटकशीला गा.बि.स. र हालको मेलम्चि नगरपालिका वार्ड नं. ११ र १२ तर्फ लाग्यौं । यो बाहुन क्षेत्री बाहुल्य इलाका रहेछ । बाटोमा माओबादी आए भन्ने थाहा पाएपछि सकारात्मक नकारात्मक दुबै प्रतिक्रियाहरु सुन्निए । बाटोमा रक्सिले मातेकाहरु पनि भेट्टिए । असार ५ गते बेलुका हामी हाम्रै विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष निश्चल संज्यालको घरमा बस्यौं । काम र अनुभबको हिसाबले परिपक्व भैसकेको टिमलाई रोलकाल गर्नु र सिकाईराख्नु कुनै जरुरी थिएन । असार ६ र ७ गते टिमले राजाराम घोडासैनी, उनको विधुवा भाउजु, शेर बहादुर तामाङ र निश्चल संज्याल लगाएतका ६ घरको उद्धार र पुनर्निमाण कार्य सम्पन्न गरि असार ८ गतेको विदाइ कार्यक्रमको लागि काठमाण्डौं फर्कियौं ।
फटकशीला गाउँ एकाध अन्य जाती बाहेक सबै बाहुन जातीको बाहुल्यता रहेछ । भरखर लपटनको नेतृत्वमा एक टुकडी नेपाली सेना पनि पुगेको रहेछ । हामीसँगको भेटमा सेनाले हामीसँग त साधन श्रोत केहि छैन संगै मिलेर उद्धारको काम गरौं भन्ने प्रस्ताब राखेको थियो तर हामी भोलिपल्ट नै फर्किने भएकोले त्यो सम्भब भएन । गाउँमा खासै एकता रहेन छ । काठमाण्डौ संगै जोडिएको ठाउँ भएता पनि बाटो घाटो र खानेपानीको समस्या रहेछ । बाटोमा आउँदा जनताले गुनासो गरेका थिए । संख्या बिवादका कारण हालसम्म पनि सरकारबाट पाउँने रु. १५ हजार राहात जनताले पाएका रहेनछन् । एमाओबादीका कार्यकर्ता देबेन्द्र घोडासैनीले शुरुमा आफ्ना परिवारका सबै सदस्यको नाम राहात सुचिमा हाले पछि सबैले सिको गर्दा संख्या अनाबश्यक बढी मुद्दापरेकोले हालसम्म राहात नपाएको जनगुनासो रहेछ । हाम्रो पार्टीको जनसेवा अभियानका बारेमा सुनेका जनताले सहयोगको अपेक्षा पनि राखेका थिए । यसरी जनताको सेवा गर्दा हामीलाई ति दश दिन ज्यादै छोटा लागे । सबै अभियात्री साथीहरु पनि प्रफुल्ल मनका साथ जनताको बिचबाट फर्किए । अब पनि पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप यो अभियान निरन्तर चलिरहने छ र जनतामा जाने अबसर मिलिरहने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु