मस्यौदामा राय संकलनका लागि २ दिन सार्वजनिक विदा

२०७२ श्रावण १ गते, शुक्रबार

काठमाडौं, १ साउन । सरकारले संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न सरकारले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैंठकले साउन ३ गते आइतवार मुश्लिमहरुको पर्व इदको र साउन ४ र ५ गते मस्यौदामा जनताको राय संकलनका लागि विदा दिने निर्णय गरेको हो । साउन २ गते शनिवार परेकाले लगातार चार दिन सार्वजनिक विदा हुनेछ । मन्त्रीपरिषद् बैठकले स्थानीय शान्ति समितिको म्याद २०७३ असार मसान्तसम्मका लागि थप गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु