लिम्बुवान राज्यको माग गर्दै आन्दोलन

२०७२ असार ३१ गते, बिहीबार

काठमाडौँ, ३१ असार । संघीय लिम्बुवान पार्टी नेपाललेे पूर्वमा लिम्बुवान राज्यको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।अरुण पूर्वका नौ जिल्लालाई संबिधानबाटै स्वायत लिम्बुवान राज्य घोषणा गर्नु पर्ने र दलहरुबीच भएको १६ बुँदे सहमति खारेज गर्नु पर्ने माग सहित पूर्वमा शान्तिपूण आन्दोलन सुरु गरेको संघीय लिम्बुवानले जनाएको छ । संघीय लिम्बुवान पार्टी नेपालका महासचिव प्रेमदिप थाम्सुहाङले सदियौ देखि थिचिएर रहेका जनताको मुत्तीका लागि आन्दोलन गर्न दलहरुले बाध्य पारेको बताए ।
आन्दोलनको स्वरुपको बिषयमा भने आजै दिउसो धरानमा पत्रकार सम्मेलन गरी जानकारी गराउने उक्त पार्टीले जनाएको छ ।
आन्दोलन अन्तर्गत बन्द हडताल र पूर्वी नेपालमा नेताहरुलाई प्रबेशमा रोक लगाउने सम्मका कार्यक्रम रहेको लिम्बुवान नेताहरुले बताएका छन । आन्दोलनको स्वरुप तयार पार्न संघीय लिम्बुवान पार्टी नेपालको सचिवालय बैठक भैरहेको छ ।
यसैबीच मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीले अरुण पूर्वमा नौ जिल्लामा आजबन्द आवहान गरेको छ । स्वायत्त लिम्बुवान राज्य सहितका माग राखेर गरीएको बन्दले प्रभाव बिहानैदेखि मेची कोशीमा सामान्य परेको छ ।बन्दका कारण सार्वजनिक यातायातका साधन पातलो संचालनमा रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैक्रममा बन्द गराउँदै हिँडेका लिम्बुवान क्रान्तिकारीका चार जना कार्यकर्ता इटहरीबाट पक्राउ परेका छन् । बन्दको प्रचार गर्दे हिडेका लिम्बबुवान क्रान्तिकारी पार्टीका महासचिव मित्र लिंगदेन, सचिवालय सदस्य सौजन शुब्बा , सदस्यहरु जेरमान सिंजाली र दिलिप लिम्बुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
लिम्बुवान क्रान्तिकारीले बिहीबार अरुण पूर्वका नौ जिल्ला बन्द घोषणा गरेको छ । बन्दका कारण पूर्वको सुनसरी , मोरंग , झापा , इलाम , पाचँथर , ताप्लेजुंग , धनकुटा , तेह्रथुम , भोजपुर जिल्लामा ठुला सवारीहरु सडकमा गुडन पाएका छैनन ।
बिना आवस्मिक गरिएको बन्दका कारण पूर्वी पहाडी जिल्ला लगायत लामोदुरीबाट यात्रुबोकेर आएका यात्रुबाहक बसहरु बिच बाटोमै अलपत्र बनेका छन भने शयौ यात्रुहरु बिचल्लीमा परेका छन । बन्दका कारण शैक्षिक संस्था समेत ठप्प भएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु