सामसुङले ल्यायो सबैभन्दा पातलो स्मार्टफोन

२०७२ असार ३१ गते, बिहीबार

काठमाडौँ, ३१ असार । सामसुङले ग्यालेक्सी ए ८ नाम दिएर अहिलेसम्म कै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले आफ्नो मोबाइलहरुमा अहिलेसम्मकै सबैभन्दा पातलो मोबाइल सार्वजनिक गरेको हो । सामसुङ ग्यालेक्सी ए ८ को मोटाइ मात्रै ५ दशमलव ९ एमएम अर्थात शुन्य दशमलव २३ इन्च मात्रै छ । जुन ग्यालेक्सी एस सिक्स एजभन्दा ८५ प्रतिशत पातलो हो । तर यसका निर्माताहरुले यो फोनमा तुलनात्मक रुपमा उच्च क्षमताको ३०५० एमएएच ब्याट्री र १६ मेगापिक्सलको क्यामेरा जडान गर्ने प्रयास गरिरहेका छन् । सामसुङले यो फोन चीन र सिंगापुरको बजारमा मात्रै पठाइने जनाएको छ । सामसुङले यसअघि गएको जनवरीमा ग्यालेक्सी ए सेभेन पातलो स्मार्टफोन सार्वजनिक गरेको थियो । जसको मोटाइ ६ दशमलव ३ एमएम अर्थात शून्य दशमलव २४५ इन्च थियो । अहिले सार्वजनिक भएको ग्यालेक्सी ए ८ त्यो भन्दा पनि पातलो हो ।
तर यो फोन सबै स्मार्टफोनहरुमा नै पातलो भने होइन । केही चाइनीज स्मार्टफोन निर्माता कम्पनीले यसअघि नै ग्यालेक्सी ए ८ भन्दा पनि पातला फोन सार्वजनिक गरेका थिए । जसमा सबैभन्दा पातलो भिभो एक्स ५ म्याक्स छ, जसको मोटाइ ४ दशमलव ७५ एमएम मात्रै छ । यस्तै ओप्पो आर ५ को मोटाइ ४ दशमलव ८५ एमएम तथा जिओनी इलाइफ एसको मोटाइ ५ दशमलव १ एमएम मात्रै छ । सामसुङले ल्याएको नयाँ पातलो स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर, चार जिबीको चिप, ५ दशमलव ७ इन्चको स्क्रिन छ । यसको मुल्य ३ सय ३० युरो अर्थात नेपाली ३६ हजार रुपैयाँ पर्ने सामसुङले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार