अन्तरिक्ष यान प्लुटो ग्रहको नजिक

२०७२ असार ३० गते, बुधबार

काठमाडौं, ३० असार । नासाको अन्तरिक्ष यान न्यू होराइजन्स नौ वर्षपछि प्लुटो ग्रहको नजिक पुगेको छ । यो यानले सफलता हासिल गर्नेमा भने वैज्ञानिहरु चिन्तित छन् । प्लुटो नजिक पुगेको यो यानले प्लुटोको ब्यास २ हजार ३ सय ७० किलोमिटर रहेको संकेत नासालाई उपलब्ध गराएको छ ।यो संकेतसँगै सौर्य मण्डलको बाहिरी सीमामा रहेका ग्रह मध्ये प्लुटो नै सबैभन्दा ठूलो ग्रह भएको प्रमाणित भएको छ ।प्लुटोका नयाँ तस्वीरका साथै नयाँ अभियानका लागि नासाले नौ बर्ष अघि न्यु होराइजन्स प्रक्षेपण गरेको थियो ।यद्यपी सात उपकरणसहित प्रक्षेपण गरिएको यो यानको सिग्नललाई लिएर नासाका बैज्ञानिकहरु चिन्तित भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु