एकीकृत जनक्रान्ति र क्रान्तिकारी पत्रकारहरूको भूमिका

२०७२ असार २६ गते, शनिबार

‘पत्रकारिता प्रचार र सङ्घर्षको मात्र साधन होइन, सङ्गठन गर्ने माध्यम पनि हो ।’ – लेनिन
‘सूचना र सञ्चार क्षेत्र क्रान्तिको अग्रीम चौकी हो ।’ – माओ
“म चारहजार दुश्मन सैनिकका सङ्गीनहरूभन्दा चारवटा मेरा विद्रोही अखबारसँग डराउँछु ।” – नेपोलियन बोनापार्ट
विषयारम्भ
वैशाख १२ मा आएको शक्तिशाली भूकम्प र त्यसपछि आएका विभिन्नस्तरका पराकम्पनले नेपालको सामरिक, आर्थिक एवम् राजनीतिक केन्द्र र त्यसवरिपरिको क्षेत्रमा व्यापक क्षति पु¥यायो । यसले भौतिक संरचनालाई जति हल्लायो, त्योभन्दा बढी नेपालीको मुटु हल्लाइदिएको छ । शक्तिशाली भूकम्पले नेपाल राजनीतिलाई पनि काफी मात्रामा हल्लाइदिएको छ । अहिले राजनीतिक धु्रबीकरण, सत्तारुढ दलका शोषण तथा लुटका अथाह शृङ्खला, वैदशिक हस्तक्षेपका नयाँ नयाँ आयामलाई मुखरित भएको छ । यतिखेर महान् जनयुद्धका प्रतिबद्धतालाई बिचबाटोमै अलपत्र छाडेर संसद्वादमा आत्मसपर्मण गर्न पुगेका प्रचण्ड–बाबुरामहरूको कलाहीन नाटकको मञ्चन पनि भइरहेकै छ ।
यतिखेर जनयुद्धको मूल लक्ष्यका साथ सहिदहरूका सपना पूरा गर्न प्रतिवद्ध नेकपा माओवादी र उसले अङ्गीकार गरेको क्रान्तिकारी कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ सार्थक क्रियान्वयनको दिशामा अघि बढिरहेको छ । यस्तो बेला क्रान्तिकारी पत्रकारहरूको अहम् भूमिका रहने कुरा स्वतःसिद्ध छ । विश्वमा सम्पन्न भएका समाजवादी क्रान्तिमा क्रान्तिकारी पत्रकारहरूको अहम् भूमिका रहेको कुरा विशेष स्मरणीय छ । यो कुरा पनि सुपष्ट छ कि विश्वका महान् क्रान्तिकारी नेताहरूले आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा कुनै न कुनै रूपमा क्रान्तिकारी पत्रकारिताको भूमिकामा थिए । माक्र्सले सुरुमा ‘न्यू राइनस जाइटुङ’ भन्ने पत्रिकामा प्रधान सम्पादक भएर काम गर्नुभएको थियो । उहाँ लामो समय ‘न्यूयोर्क ट्रिब्यून’ को स्तम्भलेखक पनि हुनुभयो । लेनिनले प्राब्धा, इस्क्रा पत्रिकाको सम्पादन गर्नुभयो । माओ आफैँले पार्टी र गैर–पार्टी प्रकाशनहरूको सम्पादन गर्ने र नियमित लेख, टिप्पणी, सम्पादकीयहरू लेख्ने कार्य गर्नुभयो । क्रान्तिको रणनीतिक तथा कार्यनीतिक, कार्यदिशाको प्रचार एवम् आम जनसमुदायलाई क्रान्तिकारी मार्गमा अग्रसर गराउने दिशामा क्रान्तिकारी पत्रकारहरूले निर्वाह गर्दै आएको त्रैआयामिक भूमिकाबाट क्रान्ति, क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी पत्रकारिताबीच अभिभाज्यता स्पष्ट हुन्छ ।
क्रान्तिकारी पत्रकारिता भूमिका
क्रान्तिकारी पत्रकारको काम क्रान्तिको हितमा सूचना प्रवाह गर्नु हो । उनीहरूले सदैव जनपक्षीय पत्रकारितालाई प्राथमिकता दिएका हुन्छन् । वर्गविभाजित समाजमा पत्रकारिताको पनि वर्गपक्षधरता हुन्छ । यो वर्गसङ्घर्षको विविध प्रक्रियाका समष्टिगत सूच्यता हो । विश्वका सबै सूचनाहरू वर्गसङ्घर्षका घटना प्रक्रियासँग सम्बन्धित छन् । सूचनाको सही पहिचान गर्नु र त्यसलाई सही स्थानसम्म सही तरिकाले सम्प्रेषण गर्नु निश्चय पनि धेरै महत्वपूर्ण कुरा हो । निरन्तर चलिरहने वर्गसङ्घर्षमा आफ्नो वर्गपक्षधरताका आधारमा सूचनाको सही छनोट गर्दै क्रान्तिकारी अभियानको हितार्थ सूचना सञ्चार गर्नु क्रान्तिकारी पत्रकारिताको मोठ अभिव्यक्ति हो । तसर्थ, क्रान्तिका गौरवशाली इतिहासको आलोकमा वर्तमानलाई जनपक्षीयकरण गर्नु र भविष्यमा जनताको मुक्ति अभियानको सफलताका लागि प्रगतिशील शक्तिहरूको पक्षमा सूचनाहरूको प्रवाह गर्नु क्रान्तिकारी पत्रकारको मूल दायित्व हो ।
समाज विकास÷वर्गसङ्घर्षको तीव्रतासँगै सूचना सञ्चारको महत्व पनि बढ्दै गएको छ । आदिम कविलाइ युगदेखि भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी युगसम्म सूचना सञ्चारको भूमिका क्रमिक रूपमा बढिरहेको देखिन्छ । कर्पोरेट विशेषतायुक्त पुँजीवादी विस्तारमुखी विश्वप्रणालीले यसको सर्वाधिक दोहन गरिरहेको छ । आज साम्राज्यवादी सिद्घान्तकारहरूले वर्तमानलाई सूचना सञ्चारको युग भन्दै सूचनाको दोहनका माध्यमबाट पुँजीवादी शक्तिकेन्द्रको सवलीकरणमा जोड दिइरहेका छन् । पुँजीपतिवर्ग र सर्वहारावर्ग एउटै सिक्काका दुई पाटा हुन् । पुँजीपतिवर्गले आफ्नो मुनाफा आधिक्यीकरण तथा शीघ्र असुल गर्न सूचना सञ्चारको भरपूर उपयोग गरिरहेको छ । उनीहरूले साम्राज्यवादी सूचना भूमण्डलीकरण नै खडा गरेका छन् । यसविरुद्घ सङ्घर्ष गर्ने तागत भर्न सर्वहारावर्गको सूचना सञ्चारको सशक्तिकीकरण अनिवार्य शर्त हो । आजको सर्वहारावादी क्रान्तिकारी युगमा पत्रकारहरूको भूमिका कैयौँगुणा बढेको छ । साम्राज्यवादको अर्को नाम ‘युद्घ पुँजीवाद’ पनि हो । उसले सूचना सञ्चारलाई आफ्नो अन्यायपूर्ण युद्घमा प्रचारयुद्घको सशक्त हतियारको रूपमा प्रयोग गर्दै आइरहेको छ । सर्वहारावर्गले पनि सूचना सञ्चारलाई न्यायपूर्ण क्रान्तिकारी युद्घको शक्तिशाली हतियारको रूपमा प्रयोग गर्न आवश्यक छ । प्रतिक्रियावादी वर्गले आफ्नो अल्पसङ्ख्यक वर्गीय चरित्रअनुरूप यसलाई दुष्प्रचारको साधनको रूपमा प्रयोग गर्छ भने बहुसङ्ख्यक जनसमुदायको प्रतिनिधित्व गर्ने सर्वहारावर्गले सत्य, तथ्य र न्यायको प्रसार गरेर दुष्प्रचारलाई चिर्ने हतियारको रूपमा उपयोग गर्छ । कमरेड माओले यो क्षेत्रलाई क्रान्तिको अग्रीम मोर्चाको रूपमा संश्लेषण गर्नुभएको छ । पीतपत्रकारिताका विरुद्ध कडा सङ्घर्ष गर्दै क्रान्तिकारी पत्रकारहरूले सूचना सञ्चारको क्षेत्रमा चतुर बन्न आवश्यक छ । महाभारतको लडाइँमा कृष्णको चतुर सञ्चारनीतिका कारण पाण्डवहरूको जित सम्भव भएको थियो । अमेरिकी विद्वान् थोमस जेफर्सनले भनेका थिए– “सरकार ढल्न सक्छ तर पत्रकारिता ढल्दैन ।” भनिन्छ– एक पत्रकार मारियो भने ऊसँग हजारौँ सत्यताहरू पनि सँगसँगै मारिन्छन् ।
सूचना प्रवाहका विविध आयाम
(क) चारकर्ताको एकीकृत कमान्ड
लेनिनले जनपक्षीय पत्रकारितालई प्रचारकर्ता, आन्दोलनकर्ता, राजनीतिकर्ता र सङ्गठनकर्ताको रूपमा चर्चा गर्नुभएको थियो । पत्रकार÷पत्रिका÷सञ्चार माध्यमले एकैसाथ प्रचारकर्ता, राजनीतिकर्ता, आन्दोलनकर्ता र सङ्गठनकर्ताको काम गर्ने भएकाले यसलाई एकीकृत कमान्ड भनिएको हो । क्रान्तिकारी पत्रकारले निरन्तर विचारधारात्मक काम गरिरहेका हुन्छन् । जनयुद्धकालमा क्रान्तिकारी पत्रकारहरूले चारकर्ताको भूमिका निर्वाह गरेका थिए । अहिले सो एकीकृत कमान्ड ‘एकीकृत जनक्रान्ति’ सित अभिन्न छ । आन्दोलन र सङ्गठनबाट अलग भएर गरिने प्रचार निरुद्देश्य र निष्प्रभावी हुन्छ । जनपक्षीय प्रचारको नैसर्गिक भूमिका बिर्संदा विसर्जनवाद पुगिन्छ । क्रान्तिकारी पत्रकारले यस्तो कमजोरी बिर्सिएर पनि गर्नुहुन्न ।
प्रतिक्रियावादीहरू वर्गपक्षधरता र सामाजिक दायित्वको निर्वाहलाई ‘मिसन’ भनेर उपहास गर्ने गरिएको पाइन्छ । आ–आफ्नो वर्गीय राजनीतिक प्रतिवद्घता र पेसागत व्यावसायिकताबीच चिनियाँ पर्खाल खडा गर्दा प्रतिगामी परिणाम जन्मन्छ । नेकपा माओवादीले भूकम्पपीडित जनताको वस्तीमा गएर गरेको उद्धार, पुनर्निर्माण र नवनिर्माणको कामलाई व्यावसायिक पत्रकारिताको पगरी गुँथ्नेहरूले गरेको बहिष्करण यसको ज्वलन्त उदाहरण हो । लिपुलेकलगायतका राष्ट्रियतासित सम्बन्धित विषयमा नेकपा माओवादीले गरेको सङ्घर्षबारे कथित मूलधारका सञ्चार क्षेत्रले गरेको व्यवहार उदेकलाग्दो छ । भनिन्छ, पत्रकारहरू सधैँ पहिलो हुनुपर्छ, यदि पहिलो बन्न सकिँदैन भने दोस्रोचाहिँ कहिल्यै बन्नुहुँदैन । त्यसैले, क्रान्तिकारी पत्रकारले ठोस परिस्थतिको ठोस विशलेषण गर्दै आफ्ना सूचनाकर्मलाई चुस्तदुरुस्त बनाउनैपर्दछ । मुख्य कुरा वर्गीय दृष्टिकोणमा प्रस्ट रहने र क्रान्तिकारी विज्ञानलाई द¥होसित पक्रने कुरा नै हो । सूचना सञ्चार क्षेत्रको एकीकृत कमान्डको अन्तर्वस्तु यसैमा अन्तर्निहित छ ।
ख. प्रस्तुतिमा जनशैली र बोधगम्यता
आज सूचना तथा सञ्चार क्षेत्रमा विविध माध्यमको विकास भएको छ । तिनका आ–आफ्नै विशेषता र शैली छन् । रेडियो–एफएम, टीभी, न्यु मिडिया र पत्रपत्रिकाका पनि आ–आफ्नै शैली हुन्छन् । क्रान्तिकारी पत्रकारले सूचना सम्प्रेषणको जनशैली अपनाउनुपर्दछ । उनीहरूले आफ्नो लक्षित समुदायलाई केन्द्रविन्दुमा राख्नुपर्दछ । ग्रामीण किसान, न्यून–पुँजीपति वर्ग, महिला, जनजाति, दलित र अन्य उत्पीडितहरू नै अहिलेको सूचना सञ्चारको प्रमुख लक्षित समुदाय हुन् । मध्यमवर्ग र तिनको राजनीतिक तथा सांस्कृतिकस्तरको अभिवृद्धि गर्दै तिनलाई क्रान्तिकारीकरण गर्न पनि सोहीअनुरूप शैलीको प्रयोग गर्नुपर्दछ । यसको अर्थ सूचना र विचार प्रवाहित गर्दा पिछडिएको जनसमुदायले सजिलै बुझ्ने सकून् भन्ने नै हो । ‘कला कलाको निम्ति’ वा ‘स्वान्त सुखाय’ को निम्ति’ भन्ने मान्यतामा विश्वास राख्नेहरू प्रतिगामी पत्रकारहरू हुन्, यिनका शैली क्रान्तिकारीहरूले अपनाउने सूचना प्रवाहको शैलीमा आधारभूत अन्तर हुन्छ र हुनैपर्छ । साथै, पार्टीभित्र र पार्टीबाहिरका लक्षित समुदायको निम्ति सूचना सञ्चारको शैलीमा पनि अन्तर हुनुपर्दछ । माक्र्सवादी साहित्यसँग परिचित र अपरिचितहरूका निम्ति एउटै भाषाशैलीको प्रयोग उपयुक्त मानिँदैन । चेतनास्तरको असमानता ख्याल गरी सकेसम्म सबैलाई बोधगम्य हुनेगरी सूचना सम्प्रेषण गर्नुपर्दछ । माओले ‘घिसेपिटे लेखनशैली विरोध गर’ यसै भनेका होइनन् । आफूलाई केन्द्रमा राखेर सूचना निर्माण गर्नु र प्रशारण गर्नु आत्मकेन्द्री व्यक्तिवादको भद्दा नमुना हो ।
उत्पीडितवर्गको आचरण सुहाउँदो जीवन्त, स्पष्ट र लडाकुपना क्रान्तिकारी पत्रकारले अपनाउने शैली हो । सत्य र न्यायका पक्षधर क्रान्तिकारीहरूले कहिल्यै पनि सन्ध्याभाषाको प्रयोग गर्नुहुँदैन । यसबारे माओका यी भनाइ निकै मननीय छन्– “क्रान्तिकारी पत्रकारका कलमहरू सजीव, प्रस्ट र तिख्खर हुनुपर्छ । मसिनो स्वरमा गुनगुनाउने र कुरा चपाउने गर्नुहुँदैन । हामीले जनतालाई सत्य चिन्ने शिक्षा दिन र तिनको आफ्नै मुक्तिका लागि लड्न तिनलाई ब्युँझाउन चाहेका हुनाले हामीलाई लडाकू शैलीको खाँचो पर्छ । भुत्तेचक्कुले बैरीको रगत बगाउन सक्दैन ।” भनिन्छ– संसारमा सबैभन्दा सुन्दर कुरा जनताको स्वतन्त्रता हो । माओले कसैको दासताबाट स्वतन्त्रता पाइँदैन भन्नुभएको छ । जनता र सत्यका पक्षमा दृढतापूर्वक खडा हुने क्रान्तिकारी स्पिरिट आजको क्रान्तिकारी पत्रकारिताको आवश्यकता हो । जनसमूहलाई शिक्षा दिनका लागि अखबारकर्मीहरूले सबभन्दा पहिले जनसमूहबाट सिक्नुपर्छ । प्रभाव र भूगोल क्षेत्रको विस्तार गर्नु, प्रस्तुतिमा रोचकता र आकर्षण बढाउनु, भाषाको प्रयोग र हिज्जेमा शुद्धता ल्याउनु, पत्रकारिताको जनपक्षीय मूल्यप्रति सचेत हुनु, समसामयिकता, आवश्यकता र रुचिअनुरूप कार्यक्रमको उत्पादन गर्दै जानु क्रान्तिकारी पत्रकारहरूले ध्यान दिनुपर्ने विविध पक्ष हुन् ।
ग. जनयुद्धमा क्रान्तिकारी पत्रकार
२०५२ फागुन १ गते थालनी भएको महान् जनयुद्ध नेपालको परम्परागत राज्यसत्तामाथि बोलिएको सर्वाधिक उचाइको धावा थियो । यो रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमणसम्म पुग्दै गर्दा क्रान्तिकारी पत्रकारहरूले जनयुद्धको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिबेला क्रान्तिकारी पत्रकारहरूले युद्धमोर्चामा सशरीर उपस्थित भएर वस्तुगत मूल्याङ्कनका साथ सत्य र तथ्यपरक सूचना सम्प्रेषण गरेका थिए । सूचना साम्राज्यवादविरुद्ध आवाज बुलन्द गर्दै, जनयुद्धको जटिलताका बीचमा दुःख, कष्ट र खतरासूग जुध्दै सत्य, तथ्य र जनपक्षीय पत्रकारिताको नयाू आन्दोलन सृष्टि गर्न जनादेश साप्ताहिक, कृष्ण सेन अनलाइन र रेडियो जनगणतन्त्रलगायतका सञ्चार माध्यमहरूले ठूलो भूमिका निभाएका थिए । पुरानो सत्तापक्षीय सञ्चारको नकारात्मक प्रचारलाई चिर्दै जनपक्षीय सञ्चारको सकारात्मक पहलको कूल योगफलका रूपमा महान् जनयुद्धको विकास थियो । क्रान्तिकारी सूचना सञ्चार क्षेत्रले जनयुद्धमा विजयका निमित्त जनसमुदायलाई उत्प्रेरित गर्ने विशिष्ट भूमिका खेलेको थियो । संसारमा भएका क्रान्तिकारी आन्दोलन सफल तुल्याउन पत्रकारिताको भूमिका अत्यधिक रहने गरेको छ । भनिन्छ– आधा युद्ध सञ्चारको सहायताले जितिन्छ । क्रान्ति र प्रतिक्रान्ति दुबैका निमित्त जनमत निर्माणको ठूलो महत्व हुन्छ । सञ्चार क्षेत्रले जनमत निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ । यसले जनतामा मनोबल, आत्मबल, आत्मविश्वास र क्रान्तिप्रतिको विश्वस्तताको सवल र सहज बनाउँछ । नेपालका सबै किसिमका आन्दोलनहरूको उठान, विकास र विस्तारमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । जनयुद्धकालमा फासीवादी सत्ताका कूप्रचार र कूचिन्तनको भण्डाफोर गर्न, जनतालाई सत्यतथ्य सूचना सम्प्रेषण गरी यथार्थको बोध गराउन तथा नयाू सौन्दर्यचेतनाको विकास गराउन क्रान्तिकारी पत्रकारहरूले महत्वपूर्ण भूमिका खेलेका थिए ।
ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि धेरै विदेशी पत्रकारहरूले सो कदमको विरोध गरेका थिए । उदाहरणार्थ भारतीय वामपन्थी पत्रकार अनिल चमडियाको भनाइ, “मलाई कुनै शङ्का छैन, नेपालको लडाइँ नेपाली जनताले जित्नेछन्् । नेपाली जनताले हजारौँको बलिदान गरेर यस स्थानमा पुगेका हुन् । राजालाई यो स्मरणरहोस् कि सम्पूर्ण नेपाली जनताले गणतन्त्रको स्थापना गर्ने तिथि तय गरिसकेका छन् । त्यसै तय भएको तिथिका लागि लडाइँ भइरहेको छ । यो लडाइँमा राजशाहीले थुप्रै नेपालीको हत्या गरेको छ । भारतीय शासकले त्यो कुराको किन विरोध गर्दैन ? हामी यसबारेमा विरोध गर्नुपर्ने वाध्यात्मक स्थिति बनाउनेछौं ।” रुस, चीन, भियतनाम र कोरियामा जस्तै नेपाली जनताको स्वतन्त्रता र मुक्तिकामी अभियानमा क्रान्तिकारी पत्रकारहरूले अग्रमोर्चामै रहेर आफ्नो दायित्व पूरा गरे । सोहीक्रममा कृष्ण सेन ‘इच्छुक’ लगायत दुईदर्जनभन्दा बढी क्रान्तिकारी पत्रकारहरूको सहादत भयो । जोन रीडलगायत दर्जनौँ पत्रकारहरूले युद्ध र युद्धका पछाडिका यथार्थलाई सजीव चित्रण गरेर क्रान्तिकारी नेता–कार्यकर्ता तथा जनसमुदायको वीरता, साहस र बलिदानी भावनालाई प्रकाश पारेजस्तै नेपाली जनयुद्ध र यसको स्थगनपछि क्रान्तिकारी पत्रकारहरूले जनयुद्धका गौरवशाली दिनहरूको अभिलेखीकरण गरेका छन् ।
घ. एकीकृत जनक्रान्ति र क्रान्तिकारी पत्रकार
आज नेकपा माओवादीले अघि सारेको ‘एकीकृत जनक्रान्ति’ विशेष बहसमा छ । विश्व कम्युनिस्ट आन्दोलनमा कार्यदिशासम्बन्धी महान् बहसहरू हुँदै आएका छन् । त्यसैले ‘एकीकृत जनक्रान्ति’ बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका बहसहरू स्वाभाविक छन् । साम्राज्यवादीहरूको विश्वस्तरको सञ्चार साम्राज्यसँग टक्कर लिने क्षमताको विकास नगरीकन ‘एकीकृत जनक्रान्तिको सेवा गर्न असम्भव छ । नेपालको सञ्चार क्षेत्रमा दलाल र विदेशी एकाधिकार पुँजीपतिहरूको बर्चस्वलाई भत्काउँदै त्यहाँभित्रका देशभक्त र प्रगतिशील शक्तिसँग एकता कायम गरेर क्रान्तिकारी आन्दोलनलाई अग्रगति दिन क्रान्तिकारी पत्रकारहरूले विशेष भूमिका निर्वाह गर्नुपर्दछ । अबको सङ्घर्षको केन्द्र दलाल पुँजीपतिवर्ग नै हो । मध्यमवर्गमा रहेको परिवर्तनको चाहना र क्रान्तिको सेवा गर्ने मनसुवालाई क्रान्तिकारी पत्रकारहरूले विशेष ध्यान दिनैपर्दछ । प्रतिक्रियावादीहरूका विभिन्नखाले अत्याचारहरूको भण्डाफोर गर्र्दै क्रान्तिको ज्वारभाटा सिर्जना गर्न र नयाँ संस्कृतिलाई जीवनवादी बनाउन पनि क्रान्तिकारी पत्रकारहरूको विशेष भूमिका रहने कुरा स्वतःसिद्ध छ ।
महान् जनयुद्धका नायकहरूमा आएको भयानक विचलन र जनताका महान् सपना कुनै पनि हालतमा पूरा गर्नुपर्ने यतिबेला संवेदनशील र निर्णायक चरण पनि हो । नेपालमा प्रतिक्रान्ति भएको छ । काङ्ग्रेस÷एमालेहरू आफ्नो प्रतिबद्धताबाट भागेका छन् । यतिबेला विचारधात्मक उचाइका साथ आन्दोलनलाई नयाँ ठाउँमा पु¥याउन क्रान्तिकारी पत्रकारहरूले निकै ठूलो मिहिनेत गर्नुपर्नेछ । जनयुद्घ मूलतः क्रान्तिकारी विचारको बलमा भएको वर्गसङ्घर्ष थियो । वैचारिक हतियार समात्ने पत्रकारहरूले वैचारिक बहस र त्यसको विकासमा महत्वपूर्ण योगदान गर्नुपर्दछ । मालेमावादको आलोकमा विकास गरिएको ‘एकीकृत जनक्रान्ति’ लाई स्थापित गर्न, क्रान्तिकारी कार्यभार पूरा गर्न, नेकपा माओवादीले लिइरहेको पहलकदमीको पृष्ठपोषण गर्न तथा जनतामा क्रान्तिकारी आशावाद भर्न क्रान्तिकारी पत्रकारहरूले ठीक ठीक ढङ्गले सूचना सम्प्रेषण गर्नुपर्दछ । प्रतिक्रियावादी सत्ता ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने कुरा सामान्य छैन र असम्भव पनि छैन । राज्यविहीन साम्यवादसम्म पुग्ने कम्युनिस्टहरूको मुख्य सपनालाई निरन्तर आम पार्टीपङ्क्ति र जनसमुदायमा सम्पेषण गरिरहनु क्रान्तिकारी पत्रकारहरूको अर्को कार्यभार हो ।
जनताको म्यान्डेटविपरीत लाद्न खोजिएको संविधान अस्वीकार्य छ । सत्तारुढहरूमा बुद्धि पलाएन भने निश्चय पनि अबको मोर्चा फेरिनेछ । जनता ‘एकीकृत जनक्रान्ति’ झन्डामुनि गोलबन्द भइरहेका छन् । अहिलेको राजनीèस्तिक लुकामाारी फौजीस्तरसम्म पु¥याउनुपर्ने बाध्यात्मक स्थिति देखापरिरहेको छ । समयले वैचारिक–राजनीतिकलगायत सबै मोर्चामा डट्ने क्रान्तिकारी पत्रकारको विशाल पङ्क्तिको माग गरिरहेको छ । अन्तिम युद्घमा अन्य योद्घाहरूजस्तै क्रान्तिकारी पत्रकारहरूको विशेष स्थान रहेने कुरामा दुईमत हुन सक्तैन । क्रान्तिकारी पत्रकारहरूले जनताको श्रम, त्याग, बलिदान र आत्मोत्सर्गको इतिहासबाट निर्मित विविध प्राप्तिहरूलाई आम जनतासामु पु¥याउनु, नयाू सत्ताको जगमा खडा भएका विविध उद्योग, सहकारी, शिक्षा, कृषि, स्वास्थ्य, संस्कृति, कानुनसित सम्बद्ध पक्षको स्मरण गराउनुपर्दछ । गौरवशाली इतिहासले महान् सम्भावनातर्फ लम्कन प्रेरित गर्दछ ।
ङ. स्वाधीनताको लडाइ“मा क्रान्तिकारी पत्रकार
सूचनाको निर्वाध प्रवाहबिना स्वाधीनता बाँच्न सक्दैन । स्वाधीनता, सामाजिक उत्तरदायित्व, नैतिक आचारण अन्योन्याश्रित विषय हुन् । जनताद्वारा निर्मित र नियन्त्रित सूचना तथा सञ्चार समृद्धिको आधार बन्दछ । आज ठूला लगानीका सञ्चार क्षेत्रमा व्यापारीकरण र भ्रष्टीकरण ह्वात्तै बढेको छ । यो क्षेत्र नाम मात्रको चौथो अङ्ग बनेको छ । दलाल सरकारले प्रत्यक्ष वा परोक्ष रूपमा यो क्षेत्रमा बाह्य लगानी भित्र्यारहेको छ । सरकार आफैँ राष्ट्रियतामाथि गम्भीर प्रहार गरिरहेको छ । सम्पादकीय स्वतन्त्रता खोसिएको छ । भारतमा दर्ता गरेर नेपालमा टिभी चलाइन्छ । यहाँ एफएम रेडियोहरूको खिल्ली उडाइएको छ । १३ सेप्टेम्बर १९५५ को भारतीय मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ– “विदेशी स्वामित्वको समाचारपत्र र पत्रिकाहरूलाई भविष्यमा भारतमा प्रकाशन अनुमति दिनुहुँदैन । विदेशी समाचारपत्रहरू र पत्रिकाहरूमा जति प्रमुखतामा समाचार तथा सामयिक प्रसङ्ग प्रकाशित हुन्छन्, भारतीय संस्करणमा प्रकाशित गर्न अनुमति दिनुहुँदैन ।’ भारतमा आधारभूत रूपमा त्यही नीति अद्यावधि कायम छ तर नेपाल आज कहाँ छ ?
अन्तर्राष्ट्रिय पुँजीको प्रवाह, भारतीय लगानी र दलालहरूका कारण आज नेपाली जनपक्षीय पत्रकारिता प्रताडित छन् । यो क्षेत्र पनि नवऔपनिवेशिकताबाट पीडित छ । यहाँ बहुराष्ट्रिय कम्पनीको विज्ञापनको हालीमुहाली छ । यो क्षेत्रमा भारतीय दूतावासको प्रत्यक्ष संलग्नता छ्याङछ्याङ्ती नै छ । विज्ञापनको वितरणसमेत भारतीय दूतावासको तजविजमा हुन्छ । बहुराष्ट्रिय कम्पनीको विज्ञापनमार्फत् दूतावासले सूचना तथा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्दै आएको छ । हामीले कान्तिपुरको न्युजप्रिण्ट आयात र विज्ञापनमा केही समय लागइएको रोक, रियल जुसमा परेको किरा र लेउको प्रकरण बिर्सनुहुन्न । भारतीय फिल्मबाट नेपाली मौलिकता, संस्कार र संस्कृतिलाई नराम्ररी असर गरिहेको छ । त्यसैले स्वाधीनताको आवाजलाई सशक्त बनाउन नितान्त आवश्यक भइसकेको कुरा छर्लङ्ग हुन्छ ।
क्रान्तिकारी पत्रकारहरूको यो लडाइँ बाह्य मात्र होइन, आन्तरिक रूपमा पनि त्यत्तिकै पेचिलो रहँदै आएको छ । पञ्चायती कालरात्री र संसदीय व्यवस्थामा समेत पत्रकारितामाथि नाङ्गो हस्तक्षेप भयो । २०५५ सालमा ललितपुरको भट्टेडाँडामा भएको प्रहरीचौकी कब्जाको समाचार छापेवापत् जनादेश साप्ताहिकमा धावा बोलियो । २०५८ सालमा सङ्कटकाल लगाएपछि पत्रकारहरूमाथि ठूलो आक्रमण गरियो । प्रायः सबै जनपक्षीय पत्रकारहरूलाई गिरफ्तार गरियो । प्रतिगमनका विरुद्ध लेख्ने जुन कुनै पत्रकारलाई धम्क्याइयो । कार्यालयमै सेनाको तैनाथी गरियो । अहिले पनि जनपक्षीय पत्रकारिता कठिन मोडबाट गुज्रिरहेको छ । उसको आन्तरिक सवलीकरणको आवश्यकता एउटा पाटो छ भने अर्कोतिर देशलाई बाह्य हस्तक्षेपबाट मुक्त पार्ने दायित्व पनि छँदैछ । कठिनताबाट नै विकास हुन्छ । यसका निम्ति पुरानो संरचनामा क्रमभङ्ग आवश्यक छ । हामीलाई विश्वास छ, क्रान्तिकारी पत्रकारिताको उज्यालोतिरको यात्रा निरन्तर जारी रहनेछ ।
च. प्राकृतिक विपत्मा क्रान्तिकारी पत्रकार
नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले जोखिमपूर्ण भूगोलमा पर्दछ । यहीक्रममा वैशाख १२ मा आएको शक्तिशाली भूकम्पपछि क्रान्तिकारी पत्रकारहरू ग्रामीणवस्तीमा पुगे । उनीहरू राहत, उद्धार, पुनर्निर्माण तथा नवनिर्माणमा सहभागी भए । त्यति मात्र होइन, सरकारले राहतमा गरेको भ्रष्टाचार, अनियमतितालाई उनीहरूले सार्वजनिक गरिदिए । विशेष भारतीय सरकारले नेपालमा भित्र्याएको सेनालाई फिर्ता गराउन पनि यसले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । भीषण प्राकृतिक प्रकोपबाट भएका जनधनको क्षतिको विवरणलाई व्यवस्थित रूपमा जनताका बीचमा पु¥याउने काम पनि क्रान्तिकारी पत्रकारहरूले गरे । क्रान्तिकारीहरू भनेका त्यस्ता शक्ति हुन् जो जनताका हरेक सुखदुःखमा साथमा साथ दिइरहेका हुन्छन् । यसपटक ठूला मिडियाका पत्रकारहरूलाई सरकार, नेपाली सेना र प्रहरीले हेलिकोप्टरमा लगेर, मासु भात ख्वाएर घुमाए अनि आफ्नो स्वार्थमा प्रचारबाजी गराए तर क्रान्तिकारी पत्रकारहरू आफ्नै खर्चमा, कतिपय अवस्थामा हिडेरै भए पनि जनताका बीचमा पुगेर जनसेवामा लागे । यो क्रान्तिकारी पत्रकारिताको इतिहासमा सुखद् सन्दर्भ हो । प्राकृतिक विपत्मा क्रान्तिकारी पत्रकारहरू कसरी क्रियाशील हुने, स्रोत र साधानको कसरी व्यवस्थापन गर्ने भन्नेबारे विशेष योजना बनाउन आवश्यक त होला तर जे जति भएको छ, त्यो कुरा सामान्य छैन । भूकम्प के हो ? यो कसरी आउँछ ? यसबाट के कसरी बच्न र बचाउन सकिन्छ भन्नेबारेमा पनि यसपटक क्रान्तिकारी पत्रकारहरूले जनताका बीचमा गएर शिक्षा दिएका छन् । बिनाइजाजत बनाइएको ठूल–ठूला भवन, तिनका इन्जिनियरहरू, सडेगलेको खाद्यान्नको वितरण, त्रिपाल–जस्तापाता बेचेर खाएका विषयहरू उठाएर क्रान्तिकारी पत्रकारहरूले विशेष दायित्व निर्वाह गरेका छन् । क्रान्तिकारी पत्रकारहरू भूकम्पपीडित जनताको घरआँगनमा पुगेर चारकर्ताको एकीकृत कमान्डको रूपमा काम गरेका छन् । राजनीतिक–वैचारिक कामहरू भएका छन् । सङ्गठनहरू विस्तार भएका छन् । सरकारको जनघाती तथा राष्ट्रघाती कामको भण्डाफोर भएको छ । यी संस्थागत÷व्यक्गित रूपमा पत्रकारहरूले निर्वाह गरेको भूमिकालाई पीडित जनताले सराहना गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन र योसित आवद्ध नेता पत्रकारहरूको भूमिकालाई जनताले गरेको सराहना पुँजीकृत गर्न आवश्यक छ । यसलाई संस्थागत गर्न आवश्यक छ ।
उपसंहार
पत्रकार पहिलो दर्शक हुन् । पत्रकारिता इतिहासको खेश्रा हो । रुसमा लेनिनले सम्पादन गरेको ‘इस्क्रा’, ‘प्राभ्दा’ र चीनमा माओले सम्पादन गरेको येनानबाट प्रकाशित ‘जनमुक्ति’ का पत्रकारभन्दा आजका क्रान्तिकारी पत्रकारहरू दायित्व कैयौँगुणा बढेर गएको छ । यहाँ दलाल पुँजीवादी सत्ताले साम्राज्यवादी–विस्तारवादी तागतमा सूचना आतङ्क मच्चाइरहेका छन् । अबका क्रान्तिकारीहरूले ‘सूचनायुद्ध’ नजितीकन ‘राजनीतिक युद्ध’ जित्न कठीन छ । हामीले एक्काइसौं शताब्दीको क्रान्तिको आवश्यकतालाई पूरा गर्न सक्नेगरी पत्रकारिता गर्नुपर्छ । विचारधाराको अन्त भएको कुरा गरेर साम्राज्यवादी लुट, हस्तक्षेपको पक्षपोषण गर्ने कथित उत्तरआधुनिकतावादी पत्रकारिताका विरुद्ध क्रान्तिकारी पत्रकारहरू एकजुट हुन अब ढिलाइ गर्नुहुन्न । उत्तरआधुनिकतावादको शिरोच्छेदन हुने गरी माक्र्सवादको सही प्रयोग गर्न आवश्यक छ ।
विश्वमा भूमण्डलीकृत साम्राज्यवाद रहेसम्म मानवसत्ताको भविष्य त्यति उज्यालो देखिँदैन । नेपालमा एड्गर स्नो र आग्नस स्मेल्डीजस्ता गतिवान् पत्रकारहरू चाहिएको छ, जसले चिनियाँ क्रान्तिलाई विश्वव्यापी बनाउन ठूलो सहयोग गरेका थिए । नेपाली जनयुद्धको विश्वव्यापी प्रचार गर्न अमेरिकी पत्रकार ली अर्नेस्टोको भूमिका कम महत्वपूर्ण छैन । जनयुद्धद्वारा नेपालका ग्रामीण इलाकाहरू येनान बनिसकेका थिए तर ठूलो धोका भयो । सोभियत सङ्घमा भएको प्रतिक्रान्तिपछि प्राब्धाको अस्तित्व रहेन, चीनमा सांस्कृतिक क्रान्तिको पक्षमा सबैभन्दा बढी प्रचार गर्ने आमसञ्चार माध्यमहरूले पछि प्रतिक्रान्तिको भजन गाए । कमरेड माओले सर्वहारा सांस्कृतिक क्रान्तिकालमा दर्शन, अर्थ, समाज र फौजीशास्त्रको विकासलाई नयाँ उचाइमा मात्र उठाउनुभएन, क्रान्तिको विजय सत्तानिकट÷सत्तारोहणपछि प्रतिक्रान्तिको भिडन्त कैयौँगुणा शक्तिशाली भएर आउनेछ भन्ने अनुभवसिद्ध विचारधारात्मक संश्लेषण गर्नुभयो । निरन्तर क्रान्तिको सिद्धान्तमा क्रान्तिकारी पत्रकारहरूको सङ्घर्षशील यात्रा पनि निरन्तरमा रहिरहनेछ । यो कुरा नेपालका क्रान्तिकारी कार्यभार बोकेका क्रान्तिकारीहरूका लागि विशेष मननीय रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु