अपि हाइड्रोको साधारण सेयर खुला

२०७२ असार २४ गते, बिहीबार

काठमाडौं, २४ असार । अपि हाइड्रोपावर कम्पनीले बिहीबारदेखि ३० करोड रुपैयाँ बराबरका प्रतिकित्ता सय रूपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण सेयर निष्काशन सुरू गरेको छ । कम्पनीले निष्काशन गरेको सेयरमा लगानीकर्ताले छिटोमा असार २८ गते ढिलोमा साउन ७ गते सम्म लगानी गर्न पाउने छन् । कम्तीमा ५० कित्ता देखि बढीमा १००० कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई निस्काशित सेयरको ३ प्रतिशत छुट्याएको छ । कम्पनीले जारी गर्ने साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट छ । आवेदकहरुले एनआइबिएलका देशभर रहेका ४५ शाखा, अपि पावर कम्पनीको थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय र जनता बैंकका जुनसुकै शाखामा आवेदन दिनसक्ने छन् ।
आयोजनाको सम्पूर्ण काम सकिएको छ । अहिले पावरहाउस टेस्टिङ भइरहेको छ । दार्चुलाको नौगाढ खोलामा निर्माण भइरहेको आयोजनाको विद्युत उत्पादन क्षमता साढे ८ मेगावााट हो । यो परियोजनाले लगानीकर्तालाई वाषिर्क २० प्रतिशतका दरले प्रतिफल दिने कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले बताए ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवर्द्धकहरुले चुक्ता गरिसकेको छन भने गत माघ १९ गते स्थानीयबासीबाट सेयर जारी गरी १० करोड रुपैयाँ उठाइसकिएको छ । ३० करोड सर्वसाधारणबाट उठाउन लागिएको हो ।
आयोजनाको कूल लागत १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा ९८ करोड रुपैयाँ नेपाल बैंकको नेतृत्वमा प्राइम बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबिआई बैंकले सहवित्तीयकरणमा संयुक्त लगानी गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार