प्रहरीको एप प्रभावकारी बन्दै

२०७२ असार २३ गते, बुधबार

काठमाडौं, २३ असर । अपराध नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरीले गतआइतबार सार्वजनिक गरिएको जारी गरेको हाम्रो प्रहरी मोबाइल एप प्रभावकारी देखिन थालेको छ । यो एप ४ हजार भन्दा धेरैले डाउनलोड गरेर सूचना पठाउन थालेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले बताउनुभयो ।
कार्यालयका डिएसपी रविन बस्नेतका अनुसार अहिलेसम्म ४ हजार १ सय ४१ जनाले एप डाउनलोड गरेका छन् । एपमा सामान्य ट्राफिक जामदेखि आफूलाई परेका विपदका बारेमा जानकारी गराएका छन् । केहिले त प्रमाणका लागि फोटो समेत खिचेर पठाएका डिएसपी बस्नेतले बताउनुभयो ।
एप मार्फत प्राप्त सूचनाका बारेमा अनुसन्धान भैरहेको छ । त्यसका लागि सन्देश प्राप्त ठाउँका प्रहरीसँग समन्वय भैरहेको उहाँले बताउनुभयो । एप मार्फत गुनासो, उजुरी, फोटो सहित आपराधिक घटनाका बारेमा जानकारी दिन सकिने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जानकारी गराउनेको नाम गोप्य राखिनेछ । यस्तै एप मार्फत प्रहरीका सार्वजनिक सूचना समेत थाहा पाउन सकिनेछ । इन्टरनेटको पहुँच भएका तथा एन्ड्रोइड र स्मार्टफोन चलाउनेहरुले यो एप डाउनलोड गर्न सक्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार