रिलायबलले असार २२ गतेदेखि साधारण सेयर निष्काशन गर्ने

२०७२ असार १६ गते, बुधबार

काठमाडौं, १६ असार । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक संस्था रिलायबल माइक्रोफाइनान्स लिमिटेडले अगामी असार २२ गतेदेखि रु एक सय अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । यस मध्ये ७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड भइसकेको र ३ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको छ । लमजुङको बेशीसहरमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्सको १० जिल्ला कार्य क्षेत्र रहेको छ ।
२०७० साल जेठ ५ गते देखि कारोबार सुरु गरेको यस संस्थाले आव २०७१/७२ पौष मसान्त सम्ममा रु ४१ लाख ७ हजार खुद मुनाफा कमाउन सफल भएको छ । सिभिल क्यापिटल मार्केट लिमिटेड बिक्रि प्रबन्धक रहेको यस निष्काशनको विवरण पत्र तथा दरखास्त फारम सिभिल क्यापिटल मार्केट, कमलादी, रिलायबल माइक्रोफाइनान्सको मुख्य कार्यालय लमजुङ, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वर, बिराटनगर, पोखरा, सुन्दरबजार र भुमही शाखा कार्यालयहरु, भर्गाव विकास बैंकको कंचनपुर शाखा कार्यालय, कन्चन डेभलपमेन्ट बैंकको कन्चनपुर शाखा कार्यालय र बागमती डेभलपमेन्ट बैंकको हरिबन शाखा कार्यालयबाट प्राप्त गर्न सकिने तथा रकम बुझाउन सकिने छ ।

प्रतिक्रियाहरु