रत्नपार्क प्रवेशका लागि पच्चिस रुपैया लाग्ने

२०७२ असार १५ गते, मंगलवार

काठमाडौं , १५ असार । आजदेखि काठमाडौंको रत्नपार्क सर्वसाधारणका लागि प्रवेश खुल्ला गरिएको छ । सार्क सम्मेलनका बेला पुनःसंरचना तथा मर्मत सम्भार गर्न भन्दै बन्द गरिएको पार्क शुल्क लिएर प्रवेश गर्न पाउने व्यवस्था सहित काठमाडौं महानगरपालिकाले खुल्ला गरेको हो । पार्कभित्र झण्डै ७५ लाखको लगानीमा केही नयाँ पुर्वाधारसमेत थप गरी पुननिर्माण गरेर खुल्ला गरिएको महानगरपालिकाले जानकारी दिएको छ । बिहान आठदेखि बेलुकी छ बजेसम्म खुल्ला रहने पार्क प्रवेशका लागि पच्चिस रुपैया शुल्क निर्धारण गरिएको छ । विद्यार्थीले भने पन्ध्र रुपैया मात्र तिरे पुग्नेछ । शारिरीकरुपमा अशक्तका लागि भने पार्क प्रवेश निशुल्क गरिएको छ । पार्कभित्र बच्चाहरु खेल्ने ठाँउ, पसल लगायतका पुर्वाधार समेत तयार भएका छन् । एक बर्षदेखि महानगरपालिकाले कााठमाडौं अभियान अन्तर्गत रत्नपार्क र खुल्लामञ्चलगायतका खुल्ला ठाउँमा सरसफाइ तथा पुनःसंरचना गर्दै आएको थियो ।

प्रतिक्रियाहरु