आजवाट बजेट अधिवेसन

२०७२ असार १५ गते, मंगलवार

काठमाडौ, १५ असार । ब्यवस्थापिका संसदको अधिवेसन आजदेखि सुरु हुँदैछ । बजेट अधिवेसनको नामले समेत चिनिने अधिवेसनको पहिलो दिन आज औपचारिकतामा मात्रै सीमिति हुँनेछ । दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेसन आह्वान सम्बन्धि पत्र पढेर सुनाइने छ ।
पत्र पढेर सुनाएपछि अर्को बैठकको मिति तोक्दै बैठक स्थगित गरिनेछ । संसद सचिवालयले पहिलो दिनको बैठकमा बजेट सम्बन्धि कार्यसूचि नराखिने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने जानकारी दिएको छ ।
संसद सचिवालयका सह–प्रवक्ता सुदर्शन कुँइकेलले सरकारले ल्याउने बजेट र संसदमा पेश भएका विधेयकका विषयमा यो अधिवेसनमा छलफल हुने बताए । सरकारले गत कात्र्तिक २३ गते बजेट अधिवेसन अन्त्य गरेको थियो ।
बजेट अधिवेसन अन्त्य भएको लामो समयसम्म सरकारले हिउँदे अधिवेसन नबोलाएपछि विभिन्न विधेयकहरु संसद सचिवालयमै अड्किएर बसेका छन् ।

प्रतिक्रियाहरु