संघीयतामा सहमति हुने संकेत

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसी मोर्चाका राजनीतिक शक्ति संघीय प्रदेशको संख्यामा सहमति नजिक पुगेका छन् । उनीहरु ६ वा ८ प्रदेशमा सहमत हुने सम्भावना बढेको छ । बुधवार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका शिर्ष नेताहरुको बैठकले संघीयतामा नाम र सीमाको विवाद भने टुंग्याउन सकेन । कांग्रेस र एमालेले प्रदेश सभालाई नै संघको नाम राख्ने अधिकार दिने र सीमाको विवाद विज्ञ सम्मिलित आयोग गठन गरेर टुंग्याउनु पर्ने पक्षमा छन् । एकीकृत माओवादी पनि त्यसमा सहमत हुन सक्ने बताइएको छ ।

प्रतिक्रियाहरु