अनुहारको पनि प्रत्यारोपण !

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौं ।तपाईंले मानिसको मुटु प्रत्यारोपण, आँखाको नानी प्रत्यारोपण या अन्य कुनै अंग प्रत्यारोपणको बारेमा सुन्नुभएको थियो होला । तर, एउटा अचम्मको प्रत्यारोपण हालै सम्पन्न भएको छ । हो, यो अचम्मको प्रत्यारोपण अनुहारको हो । यो अनुहारको प्रत्यारोपण कथा ६० मिनेट अष्टेलियामा प्रशारण हुँदैछ । अचम्मको संयोग भन्नुपर्छ जब आफ्नो भाईको अनुहार अर्को कसैलाई दिने निर्णय गरेकी उसकी बहिनी त्यो नयाँ अनुहारका सामू पुग्छिन् तब सोध्छिन् म के यो अनुहारलाई छुन सक्छु ? अनि उसले भन्छ, अवश्य । जब आफ्नो मृत भाईको अनुहार आफ्नै सामू देखेर उनी भन्छिन्, वाउ । २१ वर्षीय जोसुवा अभरसानोले आफ्नो भाई एक सडक दुर्घटनामा ज्यान गुमाउन पुगेपछि उनको अनुहार दान गर्ने निर्णय गरेकी थिइन् । गत सन् २०१२ को मार्च महिनामा यो शल्यक्रिया सम्पन्न भएको थियो । र, त्यतिबेला ३७ वर्षको उमेरका नोरिशले यो सौभाग्य पाएका थिए । उनले बन्दुकको गोलीबाट आफ्नो पूरै अनुहार गुमाएका थिए । यतिसम्म कि उनको चिउँडो, नाक, निधार सबै उडेको थियो । युनिभर्सिटी अफ मेरिल्याण्डको मेडिकल सेन्टरका विशेषज्ञहरुले यो अपरेशन सम्पन्न गरे जसका लागि ३६ घण्टा लाग्यो । नोरिश भन्छन्, मैले वितेको १५ वर्षदेखि जुन जिन्दगी बाँचेको छु, यो सम्झिन पनि चाहन्न । म राति मात्रै सपिंग गर्न जान्थे, किनकि त्यतिबेला भीड कम हुन्थ्यो । मानिसहरु मलाई लुकी लुकी हेरिरहेका हुन्थे तर कुरा गर्न डराउँथे । अब त्यस्तो हुने छैन, उनले विश्वास व्यक्त गरे । उनले आफ्नो छोराको अनुहार दान दिने परिवारप्रति कृतज्ञता पनि व्यक्त गरे । चिकित्सकहरु भन्छन्, यो निकै महँगो प्रविधि हो र उनी भाग्यमानी निस्किए । जब अपरेशन भयो उनीहरुले आँखाबाहेक अनुहारका सबै चिज फेरिदिए । यतिसम्म कि उनको चिउँडो र दाँत पनि पूरै फेरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु