भावी मनसुनसग सजग रहनु : मौसमबिद्

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौं, १२ जेठ ।मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मालेयसबर्षको मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन आग्रह गरेका छन्। आज रफत् सञ्चार क्लबद्धारा आयोजित अन्तरक्रियामा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि जनतासम्मले अब निकै सजग हुनुपर्ने बताए । अबको एक सातापछि नेपालमा मनसुन सुरु हुने बताउँदै उनले महाभूकम्पले पहाडका धेरै स्थानहरुको जमिन धुजाधुजा पारेकाले पहिरो जान सक्ने सम्भावना उच्च रहेको बताए ।
शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनमुनिको पानी तथा वर्षात्को पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताए ।नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै उनले सरकार अहिलेदेखि नै सजग भएर जोखिम न्यूनीकरणका लागि पहल सुरु गर्नुपर्ने जनाए ।उनले भने ‘अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जान थालेको छ, वर्षात्मा थप जोखिम बढेको छ, जोखिम न्यूनीकरण गर्न विभाग एक्लैले मात्र केही गर्न सक्दैन, पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजग रहनुपर्छ ।
मौसमविद् एवम् जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा मदन सिग्देल र मौसमविद् सुदीप कायस्थले अहिले पूर्व मनसुन सुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिए । भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खा पहिरोको हिसाबले पनि उच्च जोखिममा रहेको औँल्याउँदै उहाँले उहाँले जमिन सतहको पानी व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

प्रतिक्रियाहरु