विनाशकारी भूकम्प गएको एक महिना पूरा

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौ, १२ जेठ ।आजभन्दा ठीक एक महिनाअघि गतबैशाख १२ गते शनिवार गोर्खा बारपाक केन्द्रबिन्दू भएर गएको सात दशमलव ८ म्याग्नेच्यूडको भूकम्पले क्षणभरमै पुस्तौं लगाएर निर्माण गरिएका र आर्जिएका सबै श्रीसम्पत्ती स्वाहा बनाइदियो ।वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशम्लव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता लगातार पराकम्पन महशुस भइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई गोरखा भूकम्प नाम दिएको छ ।
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या हालसम्म साढे ८ हजार नाघेको गृहमन्त्रालयले जनाएको छ ।मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ८ हजार ६ सय ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । करिब २२ हजार मानिस घाइते भएका छन् । पूर्ण र आशिंक गरी झण्डै आठ लाख घर ध्वस्त भएका छन् ।

प्रतिक्रियाहरु