कालीगण्डकीको पानी बग्न थाल्यो

२०७२ जेष्ठ १० गते, आईतवार

काठडमाडौं ,१० जेठ । म्याग्दीको राम्चेमा गएको पहिरोले थुनिएको कालीगण्डकी नदीको पानी बग्न थालेको छ । पहिरोको कृत्रिम बाँध माथिबाट आफै पानी बग्न थालेको हो । पानीको बहाव ठूलो छ । यसले क्षति गर्ने खतरा छ । यसअघि सारिएका बस्तीलाई अझ माथि माथि सार्ने क्रम जारी छ । चण्डीकागण पर्वतका सशस्त्र प्रहरी उपरीक्षक भरत पनेरुले अनलाइनखबरसँग भने, ‘गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सुनकोशीको जस्तो नर्मल बहाव छैन, यसअघि सारिएका बस्तिलाई झन् माथि सारेका छौं ।’थुनिएको झण्डै १५ घण्टा पछि सवा ५ बजेतिर बाँध माथिबाट पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पानी थुनिएपछि करिब ३०० मिटर गहिरोसम्म पानी जम्मा भएको थियो भने एक किलोमिटर भन्दा परसम्म ताल बनेको थियो ।उद्धारको लागि गएको नेपाली सेना र भूगर्भविदहरुको टोली पनि पर्ख र हेरको अवस्थामा थियो ।

प्रतिक्रियाहरु