यस्त्तो पनि घर !

२०७२ बैशाख ३१ गते, बिहीबार

काठमाडौं । उजेडोम टापुमा अवस्थित यो घर यति अनौठो देखिन्छ कि कसैले साधरण घरलाई जमीन देखि उठाएर उल्टो पारेर राखेको होस । घरको तल्लो भाग आकाश तर्फ फर्किएको छ भने छतले जमीन छोएको देख्न सकिन्छ । बाहिर मात्र उल्टो नभएर यो घर भित्र भएका सबै सर सामानहरु पनि उल्टै रहेका छन् ।
-४ सेक्टेम्वर सन् २००८ मा ‘ टाउकोमा छ संसार ‘ नामको यस उल्टो घरलाई पर्यटकहरुको लागि मनोरंजन दिने प्रयोजनको लागि खोलियो । यस घर बनाउने दुई वास्तुकार क्लाउडियूसेज गोलोज र सेबास्चियन मिकिसियुक हुन् । जो पोलेण्ड देशका नागरिक हुन् ।

-बाहिर मात्र नभएर घरको भित्र रहेका सबै बस्तुहरु पनि सबै उल्टै रहेको छन् । फर्नीचर र टीभिलाई पनि स्क्रूको मद्तले छतमा कसिएको छ । गुरूत्व आकर्षणको कारण जमिनमा झर्ने सबै चीजलाई मजबूत तरिकाले अडाइएको छ ।

-यस प्रोजेक्टमा पर्यटकले आफ्नो दैनिक प्रयोग हुने बस्तुलाई बिल्कुल फरक तरिकाले हेर्ने अबसर पाउदछन् । यो कयौ पटक हेर्नेलाई दिग्भ्रमित गर्दछ भने कहिले विस्मित।

-घरको सीढ़िहरुको संरचना उल्टो गर्न वास्तुकारहरुले निकै समय खर्चिनु परेको थियो ।

-यो पूरै घर केप कड स्टाइलमा रहेको छ । यानि घरको भारलाई समालेर रख्नको लागि स्टीलको फ्रेमको ज्यादा प्रयोग गरिएको छ ।. यस अनौठो घर बनाउनलाई कुल ३ लाख यूरो यानि करीब ३ करोड रूपैया भन्दा ज्यादा रकम खर्च भएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु