पिकासोले बनाएको चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री

२०७२ बैशाख ३० गते, बुधबार

काठमाडौं । विश्व प्रसिद्ध चित्रकार पाब्लो पिकासोले बनाएको चित्र “विमन्स् अफ अल्जियर्स” ले लिलामी बजारमा बिक्रिको नयां रेकर्ड कायम गरेको छ ।
न्यूयोर्कको क्रिस्टीमा भएको लिलाम बढाबढमा उक्त चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री भएको छ । टेलिफोनबाट ११ मिनेटसम्म भएको बढाबढ अघि उक्त चित्र १ सय ४० मिलियनसम्म बिक्रि हुने अनुमान गरिएको थियो ।
यसअघि बेलायतका चित्रकार फ्रान्सिस बाकोनले बनाएको “थ्री स्टडिज् अफ लुसियन फेउड” १ सय ४२ दशमलब ४ मिलियनमा बिक्रि भएर सबैभन्दा बढी लिलामीमा बिक्रि हुने चित्र बनेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु