एकै पल्टमा ५ सय सियोले अनुहार छेडेपछि

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौँ । तिखो कुराले अलिकति मात्र छुँदा पनि कति पीडा हुन्छ । झन अनुहारमा नै एक मानिसले ५ सय सियो छेडेर भन्दा पक्कै पनि विश्वास गर्न गाह्रो हुन्छ तर, भारतका एक युवकले किर्तिमान राख्न आफ्नो अनुहारमा ५ सय किला छेडेका छन् ।
भारतमा बस्दै आएका २७ वर्षिय एक युवक इण्डियन नीडल म्यानको उपनामले प्रख्यात छन् । तर, उनको खास नाम भुपेन चन्द्र दास हो ।
उनी यो नामले चिनिनुको कारण उनले आफ्नो अनुहारमा मात्रै एकैपटकमा साढे ५ सय सियो रोपेर अड्याउन सक्छन् । भारतको आसामस्थित हाजो क्षेत्रमा बस्ने भुपेनको नाम भारतको गिनिज बुक अर्थात् इण्डिया बुक अफ रेकर्डस आफ्नो नाम लेखाउन सफल भएका छन् ।
एबार्काेफ्र्ट टेलिभिजनसँगको कुराकानीमा आपूm बुझ्ने भएदेखी नै उनले इण्डिया बुक अफ रेकर्डमा आफ्नो नाम लेखाउन चाहेको बताएका थिए । –एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु