यी हुन एसियाका सर्वाधिक धनी व्यक्ति

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौं । चीनको डालियन वाँडा ग्रुप कर्पाेरेशन लिमिटेडका फाउण्डर वाङ जिआनलिन एसियाकै सर्वाधिक धनी व्यक्तिमा चुनिएका छन् । सोमबार ब्लूमबर्गले प्रकाशित गरेका रिपोर्टका अनुसार, वाङ कुल सम्पत्ति ३८।६ बिलियन डलर (करिब २ लाख ५० हजार करोड) सहित एसियाकै धनी व्यक्ति बनेका हुन् । यो सम्पत्तिले वाङ विश्वका धनीहरुको तथ्याङ्कमा १० औं नम्बरमा परेका छन् । उनको कम्पनीले यसवर्ष कुल सम्पत्तिको ५० प्रतिशत बढी नाफा कमाएपछि एसियाकै धनी बनाएको हो । डालियन ग्रुपसँगै वाङ जिआनलिन वाँडा डिपार्टमेण्ट स्टोर, चाइना टाइम्स मीडिया कम्पनीका पनि मालिक हुन् । उनले चीनमा बैंक तथा पर्यटन व्यवसाय समेत गर्दै आएका छन् । चीनकै अलीबाबा ग्रुपका चेयरमैन जैकमा कुल सम्पत्ति ३४।९ बिलियन डलर (करिब २ लाख १४ हजार करोड़ रुपैयाँ) सहित एसियाको दोस्रो धनी व्यक्ति बनेका छन् । उनको कम्पनीको नेट नाफा ७ प्रतिशतले घटेपछि उनी दोस्रो धनी व्यक्ति बनेका हुन् । ब्लूमबर्गले ५० वर्ष अघिदेखि धनीहरुको रिपोर्ट निकाल्दै आएको छ ।–एजेन्सी

प्रतिक्रियाहरु