बेलायतमा आम निर्वाचनको मतगणना जारी, लेबर पार्टीको अग्रता

२०७२ बैशाख २५ गते, शुक्रबार

काठमाडौ । बेलायतमा ६५० सिटका लागि भएको आम निर्वाचनको मतगणना जारी रहेको छ ।सुरुवाती मतपरिणाममा लेबर पार्टी अगाडि देखिएको छ । अहिलेसम्म लेबर पार्टीले १०६ सिटमा जित हासिल गरेको छ ।सत्तारुढ कन्जरभेटिभ पार्टीले ७२ सिट जितेको छ । स्कटिस नेशलन पार्टीले कन्जरभेटिभ पार्टीलाई टक्कर दिइरहेको छ । उसले अहिलेसम्म ४६ स्थानमा जित हासिल गरिसकेको छ ।वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनको कन्जरभेटिभ पार्टीले जित हासिल गरे उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेछन् ।-एजेन्सी

प्रतिक्रियाहरु