शैक्षिक संस्था बैशाखभरि बन्द

२०७२ बैशाख १८ गते, शुक्रबार

काठमाडौ – सरकारले महाभूकम्पबाट विशेष प्रभावित ११ जिल्लामा सबै शैक्षिक संस्थानलाई बैशाख ३१ गतेसम्मलाई बन्द गराएको छ । बागमती अञ्चलका ८ र त्यसबाहेक गोरखा, लमजुंग र दोलखा जिल्लाका शैक्षिक संस्थानहरुमा छुट्टि दिइएको छ ।शिक्षा मन्त्रालयका प्रवक्ता सह सचिव हरि लम्सालले बाल विकास तहदेखि उच्च शिक्षा तह सम्मलाई बिदा दिइएको बताए । विद्यालय, कलेज रहेका भवनहरुको प्राविधिक परीक्षण आवश्यक छ । लम्सालले भने( शिक्षकहरु उद्धार कार्यमा जुट्न सकुन, बालबालिका सुरक्षित रहुन भन्ने उद्देश्यले विदा थपिएको हो । यसअघि महाभूकम्पपछि ५ दिनको बिदा दिइएको थियो । बागमाती अंचलमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिंग र नुवाकोट पर्दछ । बागमाती अंचलमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिंग र नुवाकोट पर्दछ ।
यसैबीच ,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) महाप्रलयकारी भूकम्पले देशमा परेको संकटप्रति संवेदना प्रकट गर्दै १५ दिन विद्यालय बन्दको घोषणा गरेको छ। प्याब्सनको बुधबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।’विद्यालयहरू १५ दिन बन्द गरी भूकम्प पीडितहरूका लागि आश्रय स्थलका रुपमा प्रयोग गर्न दिन पनि आग्रह गर्दछौं,’ विज्ञप्ति जारी गर्दै महासचिव डिके ढुंगानाले भनेका छन्, ‘जनजीवन सामान्य भएपछि वाषिर्क क्यालेण्डरलाई व्यवस्थापन गरी वैशाख महिनामा पढाइ हुन नसकेको सबै दिनहरूलाई पछि जाडो, गर्मी वा अन्य बिदामा मिलान गरी पठनपाठन गराउन समेत अनुरोध गर्दछौं।’त्यसैगरी प्याब्सनले प्रलयकारी भूकम्पको विपत्तीमा परेकाहरूलाई आर्थिक सहयोग पुर्याअउन राहत कोषको समेत व्यवस्था गरेको जनाएको छ। ‘सोका लागि पूर्व प्राथमिक तथा प्राथमिक तहका विद्यालयले न्यूनतम पाँच हजार रुपैयाँ, निमावि तथा माविले १० हजार रुपैयाँ र उमावि तथा कलेजहरूले १५ हजार रुपैयाँ अनिवार्य सहयोग गर्न आग्रह गरिएको छ,’ मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरूको स्वास्थ्य लाभका कामनासहित विज्ञप्तिमा छ, ‘सो सहयोग रकम विद्यालयले आफ्नो कोषबाट गर्नुपर्ने छ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु