त्रिविको परीक्षा स्थगित

२०७२ बैशाख १६ गते, बुधबार

काठमाडौ, १६ बैशाख । त्रिभुवन विश्वविद्यालयले आजदेखि संचालन गर्न लागेको सबै तहको परीक्षा स्थगित गरेको छ । भुकम्पका कारण अर्को सुचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्रिविअन्तर्गतका तीन वर्षे एलएलएम, दुई वर्षे पीजी साइकोलोजी र ५ वर्षे बिए एलएलएमको परीक्षा हुने भनिएको थियो । तर बैशाख महिनाभर संचालन हुने भनिएको परीक्षाको सूचना फेरि प्रकाशित गर्ने गरी स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु