जो सुँगुरको रगतले नुहाउँछिन्

२०७२ बैशाख १४ गते, सोमबार

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाकी एक १९ वर्षीया किशोरीले सुँगुरको रगतले नुहाउँछिन् । उनी कुनै तान्त्रिक, जादुगर वा मानसिक रोगी पनि होइनन् । तर उनको बानी यतिधेरै भयानक तथा अनौठो छ की जोकोहीलाई सुन्दैमा आङ सिरिंग हुन्छ । आखिर किन होला ? कुनै धार्मिक विश्वासका कारण होला कि भन्ने लाग्नसक्छ । तर होइन, उनले जिउलाई सुन्दर र तन्नेरी बनाइराख्नका लागि यसो गरेकी रहेछिन् । अझ अनौठो कुरा त के भने उनी आफैमा शाकाहारी हुन्, माछामासु खाँदिनन् तर सुँगुरको रगतले जिउ नुहाउँछिन्, अनौठो कुरा त के भने उनी आफैमा शाकाहारी हुन्, माछामासु खाँदिनन् तर सुँगुरको रगतले जिउ नुहाउँछिन् । एम टिभीको थ्रु लाइफ नामक कार्यक्रममा हालै प्रस्तुत भएकी यी किशोरीको नाम च्यानेल हो । हजारौँ वर्षअघि मानिसहरुले जिउलाई सुन्दर तथा जवान बनाइराख्नका लागि यसरी रगतले नुहाउने गरेको इतिहास आफुले पढेको र त्यो कामयावी समेत हुने भएकाले आफुले सुँगुरको रगतले नुहाउने गरेको उनले दाबी गरेकी छिन् । ‘मेरो सबैभन्दा ठूलो डर भनेकी बुढी हुन्छु की ? छाला चाउरी पर्छ की ? भन्ने हो । त्यसैले त्यसलाई रोक्नका लागि मैले जे सुकै भए पनि गर्दछु’, टेलिभिजन कार्यक्रममा उनले भनेकी छिन् । पेशाले उनी मोडेल तथा कलाकार हुन् । च्यानेलकी हजुरआमा नातिनीको यस्तो बानी देखेर त्रसित र दिक्क पनि छिन् । रगतले नुहाउँदा जिउ जवान बन्छ भन्ने कुराको प्रमाण मागिरहन्छिन् । यद्यपि च्यानेलले हजुरआमालाई प्रमाण त दिन सकेकी छैनन् तर उनलाई रगतले नुहाउनबाट कसैले रोक्न सकेको छैन । ती किशोरीले अर्का भयानक दाबी पनि गरेकी छिन् । आपूmले जिउलाई जवान राख्ने प्रयासमा जनावरको सालनाल पनि खाइसकेको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु