माओवादीले जाजरकोटमा चिकित्सक टोली खटायो

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौँ, ११ बैशाख । महामारीको रुपमा जाजरकोटमा फैलिएको मौसमी फ्लुको नियन्त्रणको लागि देशभक्त सङ्घीय जनवादी मोर्चाले औषधीसहित चिकित्सक त्यस तर्फ पठाएको छ । दश जना विशेषज्ञ चिकित्सकको टोली आजै काठमाडौँबाट त्यसतर्फ प्रस्थानगर्दैछ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलको नेतृत्वमा उक्त टोली जान लागेको हो ।
मोर्चाका अध्यक्ष तिलक परियारले दिएको जानकारी अनुसार महामारी क्षेत्रको उपचारमा सरकारको उदासीनता देखिएकोले आफूहरुले चरणबद्ध रुपमा त्यसतर्फ औषधसहित चिकित्सको टोली पठाइदै छ । टोली नेतृत्वकर्ता रावलले शुक्रबार साँझसम्ममा औषधीसहितको चिकित्सकको टोलि काठमाडौँबाट हिड्ने बताए । एक सय जना चिकित्सक महामारी क्षेत्रमा लैजाने योजना भएपनि पहिलो चरणमा १० जनाको टोली हिड्न लागेको रावलले बताए। उनका अनुसार जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेतमा पनि टोली जनचेतनाको लागि चिकित्सक पठाइने छ ।
त्यसैगरि नेकपा माओवादीले महामारी र आसपासका जिल्ला पार्टीलाई उद्धार र रोगबारे जनचेतनाको लागि परिचालन गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले दिएको जानकारी अनुसार पार्टी कार्यकतालाई त्यस क्षेत्रमा खटाइँएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु