आयल निगम १० अर्ब नाफामा

२०७१ फाल्गुन २४ गते, आईतवार

काठमाडौ, २४ फागुन । निरन्तर नोक्सानीमा सञ्चालन भएको नेपाल आयल निगमले चालू आर्थिक वर्षको सात महिनामा झन्डै दश अर्ब नाफा गरेको छ । नाफामध्ये ६ अर्ब ६५ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
१३ असोजबाट पेट्रोल,डिजेल र मट्टिितेलको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन हुन थालेपछि निगमले नाफा कमाउन थालेको हो । ‘स्वचालित मूल्य लागू गरेपछि महिनैपिच्छे नाफा आर्जन हुन थालेको छ’ प्रवक्ता घिमिरेले भने ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएपछि नेपाली बजारमा मूल्य घटाउँदा पनि निगमले औसतमा ५० करोड रुपैयाँ प्रतिमहिनाको दरले नाफा कमाइरहेको छ।

प्रतिक्रियाहरु