त्रिभुवन विमानस्थल सुचारु

२०७१ फाल्गुन २२ गते, शुक्रबार

काठमाडौ, २२ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान भारतबाट उपकरणसहित आएको विज्ञ टोलीले बिहिबार दिउँसो, राति र शुक्रबार बिहानको अथक प्रयासपछि हटाउन सफल भएको छ ।
टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो । बुधबारदेखि रोकीएको राष्ट्रिय तथा अन्र्राष्ट्रिय उडन शुक्रबार १० बजेबाट सुचारु हुने बताइएको छ ।

प्रतिक्रियाहरु