त्रिभुवन विमानस्थल अझै अबरुद्ध

२०७१ फाल्गुन २२ गते, शुक्रबार

काठमाडौं, २२ फाल्गुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्कीस एयरको विमान हटाउन नसक्दा नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल तीन दिनदेखि ठप्प छ । यसले विश्वसँग नेपालको प्रत्यक्ष सम्पर्क विच्छेद भएको छ ।हिजो साँझबाट भारतीय प्राविधिकहरुको प्रयासमा विमान हटाउने प्रयास सुरु गरेपनि धावनमार्गम फसेको जहाज हटाउन आज दिनभर लाग्नेछ ।
आज साँझ ५ वजेसम्ममा फसेको विमान धावनमार्गबाट हटाएर विमानस्थल संचालनमा ल्याउने तयारी भईरहेको विमानस्थलका महानिर्देशक बिरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
विमान हटाउन रातभरी प्रयास जारी राखिएको र आज पनि विहानैदेखि काम भइरहेपनि अझै केही समय लाग्ने श्रेष्ठको भनाई छ ।
टर्किस एयरको विमान धावनमार्गमा धसिएर दुर्घटना हुँदा बुधबार बिहान ७ बजेदेखि नै अन्तर्राष्ट्रिय उडान र अवतरण ठप्प छन् ।यसले झण्डै ३० हजार यात्रुहरु अलपत्र परेका छन् ।
धावन मार्गको घाँसे मैदानमा धस्सिएको विमान हटाउन हिजो दिउँसो भारतीय वायु सेवाको हर्कुलस विमान आवश्यक प्रविधि र प्राविधिकहरु लिएर काठमाडौं आएपछि विमान हटाउन थालिएको हो ।
विशेषत्र टोलीले हिजो साँझबाट विमानको अगाडी भाग एयर ब्याग लगाएर उठाउने प्रयास गरीरहेको छ ।
भारतबाट आएका २५ जनाको टोलीलाई नेपली सेना, विमानस्थलका कर्मचारीत था विज्ञ गरी झण्डै १ सय ५० जनाले सहयोग गरिरहेका छन् ।
विमानस्थलको धावनमार्ग अवरुद्ध हुँदा दैनिक ८० वटा उडान र अवतरण रद्द गर्नुपरेको छ ।
उडान अवरुद्ध हुँदा नेपालबाट बाहीरीने तथा नेपाल भित्रिने यात्रुहरु प्रत्यक्ष मारमा परेका छन् ।
धावनमार्ग नजिक विमान फस्दा तीन दिनसम्म विमानस्थल नैं ठप्प पार्नुपर्ने र विदोशी सहयोग गुहार्नुपर्ने नियतीले नेपाली उड्डयन जगत र खासगरी विमानस्थल व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखाएको छ ।

प्रतिक्रियाहरु