पानीजहाजका क्याप्टेन विरुद्ध हत्या अभियोग

२०७१ माघ २९ गते, बिहीबार

काठमाडौं, २९ माघ । सन् २०१२ मा इटलीको तटीय क्षेत्रमा डुबेको कोस्टा कन्कोर्डीया नामक पानीजहाजका क्याप्टेन विरुद्ध हत्या अभियोगमा १६ वर्षको जेल सजाय सुनाइएको छ ।क्याप्टेन फ्रान्सेस्को स्टिनो विरुद्ध पानीजहाजलाई समुन्द्री तटको रेखाको अति नजिकसम्म ल्याएको र चालक दलका अन्य सदस्यका साथै यात्रुहरुलाई जहाजमै छाडेर भागेको कसुरमा सजाँय तोकिएको हो ।समुन्द्रको ढुङ्गामा जहाज ठोक्किएर भएको उक्त दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो ।
क्याप्टेन फ्रान्सेस्कोले भने आफुमाथि लागेको आरोपलाई अस्वीकार गर्दै आफुलाई बलीको बोका बनाइएको बताएका छन् । उनी विरुद्धको मुद्दाको सुनुवाई १९ महिनासम्म चलेको थियो ।फ्रान्सेस्कोका वकिलहरुले भने जहाज डुब्नु चालक दलको सामूहिक असफलता भएको तर्क गर्दै चालक दलका अन्य सदस्यलाई पनि उक्त दुर्घटनामा जिम्मेवार ठहर्‍याउनुपर्ने माग गरेका छन् ।- एजेन्सी |

प्रतिक्रियाहरु