३० दलीय मोर्चाको बन्दले जनजीवन प्रभावित

२०७१ पुष २८ गते, सोमबार

काठमाडौ । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान तोकिएकै मितिमा बनाउनुपर्ने माग राख्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दले विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मोर्चाले थारुवान, अवध, मधेश, भोजपुरा, मिथिला,तराई मधेशमा आज बन्द गरेको छ । बन्द साँझ ५ बजेदेखि खुल्ने बताइएको छ ।
नेकपा माओवादीले आह्वान गरेको पश्चिम नेपाल बन्दको प्रभाव आंशिक परेको छ । बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी, स्याङ्जालगायत १९ जिल्लामा माओवादीले आज बन्द आव्हान गरेको छ । यसअघि हिजो पनि विभिन्न जिल्ला बन्द गरेकामा विभिन्न ठाउँमा बन्दको अवज्ञा भएको थियो । सर्वपक्षिय गोलमेच सम्मेलनबाट मात्र संविधान जारी हुनुपर्ने माग राख्दै आएको माओवादी अहिले आन्दोलनमा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु