लुम्बिनीमा सडक खाना महोत्सव हुदै

२०७१ पुष १६ गते, बुधबार

काठमाडौँ । शान्ति अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘लुम्बिनीमा जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमा रमाऔै’ भन्ने नारा सहित आज लुम्बिनीमा तेश्रो सडक खाना महोत्सब (फुड फेस्टीबल) सुरु भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको संस्था सिद्धार्थ होटल एशोसियसन (शान) तथा लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन मिलेर सडक खाना महोत्सव (फुड फेस्टिबल) आयोजना गरेका हुन् ।
लुम्बिनीको स्थानीय महिलवार बजारमा बेलुका ४ बजे देखि राति १२ बजेसम्म आयोजना हुने महोत्सवमा आकर्षणका रुपमा बिबिध सास्कृतिक कार्यक्रममा स्थानिय बिराहा नाच, बी बोईंग डान्स, नृत्य प्रतियोगिता, डि.जे प्रस्तुतिसमेत रहने छ । सडक खाना महोत्सवमा हट एअर बेलुन, लाईट शो, आतिशबाजी थप आकर्षण रहने छन् ।
खाना महोत्सबमा ६० वटा स्टल रहने र त्यसमा नेपाली बिभिन्न जातजातिका खाना, भारतीय, चाइनिज, थाई, लगायत विभिन्न देशका खानाका परिकारहरुका स्टल रहने शानका अध्यक्ष शान्तलाल श्रेष्ठले बताए ।
लुम्बिनी सडक महोत्सवलाई अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा गरिने न्यु इएर ईभ लुम्बिनी फुड फेस्टिबलका रुपमा देश बिदेशमा एउटा ब्रान्डेड प्याकेजका रुपमा लैजाने र यसले लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवर्द्धन हुने लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसनका अध्यक्ष मिथुन श्रेष्ठले बताए ।
लुम्बिनीमा हुने सडक खाना महोत्सबलाई पश्चिम नेपालकै विशिष्ट पर्वका रुपमा आयोजना हुने खानाका स्टलका साथै स्थानयि घरेलु सामँग्री, हयान्डीक्राफ्टस धातु तथा पत्थरका मूर्ति, माला, लोकल गार्मेन्टसका स्टलसमेत रहने आयोजकको भनाइ छ । आज सडक खाना महोत्सवका दिन लुम्बिनी क्षेत्रका होटलमा आवासमा ३० प्रतिशत सहुलियत दिइने आयोजकले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु