गंगालाल अस्पतालका भ्रष्टाचारीविरुद्ध अख्तियारमा उजुरी

२०७१ पुष १३ गते, आईतवार

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भ्रष्टाचार मौलाएपछि अस्पताललाई बचाउन कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको स्रोतले बताएको छ । पछिल्लोचरणमा अस्पताल व्यवस्थापनको लापरवाहीको कारण अस्पताल लथालिङ्ग अवस्थामा पुगेको र सेवाग्राही अस्पताल प्रशासनबाट प्रताडित भएको गुनासो व्यापक मात्रामा आएको थियो । मुटुरोगको सुलभ ढंगले र्सवसाधारणलाई उपचार पुर्याउने हेतुले महान् सहिद गंगालालको नाममा स्थापना भएको अस्पतालभित्र अनियमितता र भ्रष्टाचार हुनु आपैमा लाजमर्दो भएको भन्दै अस्पताल सम्बद्ध कर्मचारीहरुले चिन्ता गर्दै आएको स्रोतको दावी छ । स्रोतका अनुसार ‘पछिल्लो चरणमा अस्पताल प्रशासनको कमजोरीका कारण अस्पतालमा हरेक क्षेत्रमा अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको थियो । त्यसलाई रोक्न अस्पताल सम्बद्ध कर्मचारीले पटक-पटक अस्पताल प्रशासन समक्ष गुनासो गरेपनि कुनै सुनुवाई भएको थिएन र त्यसैले बाध्य भएर अख्तियारको ढोका घचघच्याउनु परेको हो ।’ हाल गंगालाल अस्पतालभित्र खासगरी भवन तथा विभिन्न उपकरण मर्मत, सम्भार, निःशुल्क सेवा र विपन्न वर्गलाई उपलब्ध गराउने सेवामा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचार भएको स्रोतको दावी छ । र यसै विषयमा छानबिन गरी दोषीहरुलाई कारवाही गर्नुपर्ने मागसहित अस्पताल सम्बद्ध कर्मचारीहरुले अख्तियारमा उजुरी दर्ता गराएको स्रोतको दावी छ । अस्पताल सम्बद्ध कर्मचारीहरुले अख्तियारमा उजुरी दर्ता गराएपछि अहिले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुको विरुद्धमा भएको स्रोतले बताएको छ । अहिले उनीहरु आफ्नो कर्तुत लुकाउन विभिन्न राजनीतिक दलका नेताहरु र विभिन्न शक्तिकेन्द्रहरुको ढोका ढकढकाउन पुगेका छन् भने अस्पताल बचाउन इमानदारितापूवक काम गर्ने र आवाज उठाउने कर्मचारीहरुलाई शंकाको दृष्टिले हेर्ने र उनीहरुलाई निगरानीमा राख्ने काम भएको स्रोतको दावी छ । अस्पताल प्रशासनले जस्तोसुकै रवैया अपनाए पनि अस्पताल बचाउन र त्यहाँ भित्रको अनियमितता र भ्रष्टाचार रोक्न कर्मचारीको एक समूह कम्मर कसेर लागेको स्रोतको दावी छ । स्रोतका अनुसार अब ती कर्मचारीले अस्पताल भित्रको फोहरमैला हटाउन आवश्यक परे आमरण अनसन बस्नेसम्मको तयारीमा जुटेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु