मानिस जलाएको खरानीवाट हिरा !

२०७१ कार्तिक २० गते, बिहीबार


काठमाडौँ । स्विटजरल्याण्डमा मरिसकेको मानिस जलाइसकेको खरानी प्रयोग गरेर निकै चमकदार हिरा बनाउने गरेको पाइएको छ ।स्विटजरल्याण्डमा अवस्थित अल्र्गोडान्जा नामक एक कम्पनीले मरिसकेको मानिस जलाइसकेपछि प्राप्त हुने खरानीको उपयोग गर्दै हिरा बनाउने गरेको छ जसलाई मानिसहरुले आफ्नो जीवनरहुञ्जेल साँचेर राख्ने गर्दछन् । उक्त खरानीलाई उच्च तापमानमा खाँदेर हिरा बनाउने काम गरिन्छ । मानव रचित त्यो हिरालाई मानिसहरुले लगाउन पनि सक्छन् ।
हिरा बनाउन उक्त कम्पनीले लामो प्रक्रिया पालना गर्ने गर्दछ । रासायनिक प्रक्रियामार्फत मानिसहरुको खरानीबाट कार्बन निकाल्ने काम गरिन्छ । त्यसपछि उक्त कार्बनलाई ग्राफाइटमा परिवर्तन गर्न उच्च तापमान दिइन्छ । त्यसपछि उक्त ग्राफाइटलाई पनि २,७०० डिग्रि फरेनहाइटको तापमान दिइन्छ । खरानीमा उपलब्ध बोरोनको आधारमा हिराको रंग सेतोदेखि गाढा निलो रङ हुने गर्दछ । त्यस्ता हिराको मूल्य चार लाख चालिस हजार नेपाली रुपैयाँदेखि सुरु हुने बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु