धौलागिरि वेस क्याम्पमा यति पाइने सम्भावना

२०७१ कार्तिक १७ गते, सोमबार


काठमाडौँ । म्याग्दीको चीमखोला र कुइने मङ्गले गाविसको सीमानामा अवस्थित धौलागिरि हिमालको पूर्वदक्षिण मोहडाको वेस क्याम्प नजिकको खोँचमा दुर्लभ हिममानव (यति)पाइन सक्ने बलियो सम्भावना रहेको बताइएको छ ।धौलागिरि हिमालको वेस क्याम्प नजिकै रहेको सुनधारा र सुनधाराको पूर्वदक्षिणतर्फ फैलिएको सहर्षधारामा पहेँेलो वर्णको मानवाकृति देखिने गरेको र सो मानवाकृति दुर्लभ यति हुन सक्ने चिमखोला गाविस– १ का मख्खेबहादुर बुढाले बताए ।बुढाका अनुसार करिब ७५ वर्ष पहिला यहाँबाट दर्जीथरका एक व्यक्तिले सुन निकाल्दै गर्दा सुनधारादेखि करिब ६० मिटर पूर्वपट्टी रहेका सहर्ष धाराबाट एउटा पहेँलो वर्णको मानवाकृति आएर हात काटिदिएको किम्वदन्ती छ । सो पहेँलो वर्णको मानवाकृति नै दुर्लभ यती भएको पनि स्थानीयवासिन्दाले बताएका छन् ।
धौलागिरि हिमाल अगाडिको कुइने मङ्गलेतर्फको सेतो डाँडोमा अहिले पनि कहिलेकाहीँ पहेलो वर्णको मानव आकृति देखिने गरेको र सो आकृति कुप्रो परेर हिँड्ने वृद्ध मानिसको जस्तो रहेको बुढाले जानकारी दिए । विशेष गरी कुइने मङ्गलेतर्फको सो डाँडोमा माघ, फागुन महिनामा हिउँ परिरहेको बेला सो आकृति देखापर्ने स्थानीयवासिन्दाले बताएका छन् ।
अद्भूत प्राकृतिक सौन्दर्यता र दुर्लभ वन्यजन्तुको वासस्थान रहेको सो क्षेत्रको वास्तविक पहिचान गरी खोज तथा अनुसन्धान गर्ने हो भने अमूल्य धातु र दुर्लभ यतिसमेत भेटिने प्रवल सम्भावना रहेको स्थानीयले दाबी गरेका छन् ।
केही वर्षअघि चिमखोला निवासी धु्रवकुमार पाइजालगायत युवाको पहलमा गरिएको धौलागिरि हिमाल, सुनधारा, सहर्ष धारालगायत त्यस क्षेत्रको भिडियो छायाँङ्कनमा पनि निकै रोमाञ्चकारी दृश्य रहेका र ती दृश्यको आधारमा खोजीकार्य अघि बढाउने हो भनेपनि यर्थाथ पत्ता लगाउन सकिने स्थानीयको भनाइ रहेको छ ।सो क्षेत्रमा सुन खानीको समेत सम्भावना रहेकोले सरकारी निकायबाट त्यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार