असोज ७ गते कर्णाली,सेती, महाकाली र थारुवान बन्द

२०७१ आश्विन ४ गते, शनिबार

काठमाडौं । नेकपा-माओवादीले भारतीय जिएमआर कम्पनीसँग सरकारले गरेको परियोजना विकास सम्झौता (पीडीए)मा राष्ट्रघात भएको ठहर गर्दै आन्दोलनको घोषणा गरेको छ।नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लबले प्रेस वक्तव्य जारी पीडीएको विरोधमा संघर्षको घोषणा गरेको छन्। सचिव बिप्लवले राष्ट्रघात र जनघात गरेको बताउदै असोज ७ गते पश्चिम कमाण्डका भेरी कर्णाली,सेती महाकाली र थारुवान राज्य अन्तर्गतका जिल्ला बन्दको आब्हान गरेका छन्।
बिप्लबले विज्ञप्तीमा भनेका छन्- ‘राष्ट्रघाती र जनघाती यो सम्झौता देश र जनताका लागि कदापी स्वीकार्य हुन सक्दैन।’ तसर्थ सम्झौताको खारेजी र नेपाली जनताको हित अनुकुल माथिल्लो कर्णाली जलबिद्युत परियोजना निर्माणका लागि पश्चिम कमाण्डले बन्दको आब्हान गरेको बिप्लबले जनाएका छन। दशैको पूर्व सन्ध्यामा हुन लागेको बन्दले जनतालाई आवत जावतमा केहि असजिलो पार्ने प्रति पनि बिप्लबले क्षमा मागेका छन्। ‘देशकै भबिश्य र जनताको बिरुद्वमा भएको यो अक्षम्य सम्झौता प्रति दशैको कारणले चुप लाग्न नहुने भएकोले देशभक्त,बामपन्थी,बुद्विजीवी,उद्योगी,व्यवसायीलाई यातायात,कलकारखाना,शिक्षण संस्था,बजार व्यवसाय बन्द गरी सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौ ‘बिप्लबले बक्तव्यमा भनेका छन।

प्रतिक्रियाहरु