ललितपुर पूर्ण साक्षर जिल्ला

२०७१ असार १० गते, मंगलवार

काठमाडौं । सरकारले ललितपुरलाई सोमबार पूर्ण साक्षर जिल्ला घोषणा गरेको छ । केन्द्रीय तथ्याङक विभाग र साक्षरता सर्वेक्षणले निरक्षरण भनिएका व्यक्तिलाई तीन महिनाको आधारभुरत साक्षरता कक्षा सञ्चालन गरेर साक्षर बनाएको शिक्षा कार्यालयले जनाएको छ ।
युनेस्कोको अन्तराष्ट्रिय मान्यता अनुसार ९५ प्रतिशत भन्दा बढी साक्षर नागरिक भएमा पूर्ण साक्षर क्षेत्र घोषणा गर्न सकिने व्यवस्था गरेको छ । शिक्षा कार्यालयले ललितपुर सत प्रतिशत साक्षर रहेको दाबी गरेको छ । शिक्षा मन्त्री चित्रलेखा यादवले एक उपमहानगर र ४१ वटा गाबिस रहेको ललितपुरलाई पूर्ण साक्षर भएको घोषणा गरेकी हुन । जिल्लालाई पूर्ण साक्षर गराएर मुलुकलाई साक्षर बनाउन खुडकिलो थपेको उनले बताइन । ‘सबैले गर्भ गर्न लायक काम भएको छ,’उनले भनिन,’अक्षर सबैभन्दा शसिक्तशाली हुन्छ । यसलाई मनुष्यले आफू भित्र स्थानन्तर नगरेसम्म शक्तिशाली हुदैन ।’ नेपाललाई साक्षर बनाउन सबैले प्रतिबद्धता जनाउदै सामाजिक दायित्वको रुपमा लिनु पर्ने उनले बताइन ।
ललितपुरका शिक्षा अधिकारी शिवकुमार सापकोटाले ०६७ पछि पहिचान गरिएका निरक्षर नागरिक, सरकारले प्रदान गरेको साक्षरता कोटा र अहिलेसम्म साक्षर तुल्याइएको जनसंख्यालाई प्रमाणीकरणपछि पूर्ण साक्षर बनाउन योग्य भएको बताए । ‘यतिमात्रै होइन, प्रत्येक गाबिस र नगरका वटा कार्यालयले आफनो क्षेत्रमा निरक्षर नागरिक नभएको सिफारिस गरेपछि साक्षर घोषण गर्ने आधार बन्यो,’उनले भने । ०६७ को साक्षरता सर्वेक्षणले ललतिपुरमा ३२ हजार १ सय ६६ निरक्षर देखाएकोमा असारमसान्तसम्म यति नै संख्यामा कक्षा सञ्चालन गरिएको उनले दाबी गरे ।
गतबर्षसम्म विद्यालय बाहिर रहेका १ हजार १ सय बालबालिकलाई यस बर्षको नया शैक्षिक सत्रमा समेटन सफल भएपछि थप सहयोग भएको उनले बताए । सरकारले ०६७/६८ देखि ललितपुरलाई ३२ हजार साक्षरता कोटा प्रदान गरेको थियो । दुई बर्षको अवधिमा ३२ हजारलाई साक्षर बनाइएको उनले बताए । शिक्षा कार्यालयका अनुसार ५ देखि ६० बर्ष उमेर समूह साक्षरस हुनुपर्छ । ६० बर्ष भन्दा बढीका लक्षित उमेरसमूहमा नपर्ने अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ । केन्द्रीय तथ्याङक विभागका अनुसार ललितपुरमा ६० बर्ष भन्दा माथिका ३२ हजार ६ सय ७९ जना निरक्षर छन ।
शिक्षा सचिव विश्वप्रकाश पण्डितले मुलुकलाई निरक्षरता उन्मुलन गर्न केही जिल्लाले गरेको प्रयासले सफल हुने बताए । सात वटा जिल्लामा पहिलो चरणमा साक्षरता घोषणा गराउने उनले बताए । सिन्धुपाल्चोक, ललितपुर, पाल्पा लगायतका अगुवा जिल्लामा गनिएको उनले बताए । सिन्धुपाल्चोकले असार २ मा साक्षर जिल्ला घोषणा गरेको शिक्षा कार्यालयले जनाएको छ । ललितपुरले पूर्णसाक्षर जिल्ला घोषणा भनिएपनि सिन्धुपाल्चोकले साक्षर मात्रै भनिएको छ । जिल्लाका ७५ गाविस र एक नगर पालिकाका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको शिक्षा अधिकारी गेहनाथ गौतमले बताए ।
अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले साक्षरता जिल्ला घोषणा गर्ने लहरले उत्साह दिएको बताए । ‘साक्षरता कहिल्यै नटुगिने यात्रा पनि भनियो । कतिपयले साक्षरतामा गरेको लगानी बालुवामा पानी हालेसरह भयो भनेका थिए,’उनले भने,’जिल्ला नै घोषणा भएपछि बालुवा नभई विरुवामा पानी पानी हालेको देखिएको छ ।’
आधारभूत साक्षरताको अभियान सकिएपछि साक्षरोत्तर र सीपमुलक तालिम कक्षा सञ्चालन गर्न सकिने सापकोटाले बताए । ‘हाम्रो संयन्त्र कमजोर हुदा बिगतमा नक्कली निरक्षर जनसंख्या देखाएर तथ्याक तोरमोडल निरक्षर नागरिकको नामावली बन्यो होला,’सापकोटाले भने,’घोषणापछि फर्जी तथ्याङकका आधारमा निरन्तर लगानी गरिरहनु पर्ने सरकारको बाध्यताको अन्त्य गरेको छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु