ललितपुरमा ब्लड बैङ्क स्थापना

२०७१ असार ४ गते, बुधबार


काठमाडौ, ४ असार । नेपाल हर्ट फाउन्डेशन ललितपूर शाखा, रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ र नेपाल रेडक्रस सोसाइटी ललितपूरको संयुक्त पहलमा ललितपूरमा बुधबारदेखि ब्लड बैङ्क सञ्चालनमा आएको छ ।रगतको अभाव पूरा गर्ने उद्देश्यले ब्लड बैङ्क संचालनमा आएको हो ।केन्द्रीय रक्तसन्चार केन्द्र अन्तर्गत सन्चालन हुने ब्लड बैंकमा प्राविधिक पक्ष नेपाल रेडक्रस सोसाइटी र आर्थिक पक्ष रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले हेर्नेछ ।
ब्लड बैंकमा अहिले रगत संकलनको काम हुने र विस्तारै रक्त तत्व छुट्याउनेदेखि लिएर वितरणसम्मको काम हुने नेपाल हर्ट फाउन्डेसनका सचिव रुपककान्त राजोपाध्यायले जानकारी दिए ।
कोरिया रोटरीको सहयोगमा झण्डै ९० हजार डलरको लागतमा ब्लड बैंक स्थापना गरिएको हो । उद्घाटन कार्यक्रममा कोरिया रोटरीले झण्डै २ लाख डलर बराबरको उपकरण पनि हस्तान्तरण गरेको छ ।रगत अत्यावश्यक पर्दा भक्तपूर र काठमाडौसम्म पुग्नुपर्ने बाध्यता हटाउनका लागि ललितपुरमा पनि ब्लड बैंक स्थापना गरिएको राजोपाध्यायले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु