धूमपानले लिन्छ वर्षेनी १६ हजार नेपालीको ज्यान

२०७१ असार ३ गते, मंगलवार


काठमाडौं, ३ असार । नेपालमा ३० प्रतिशत युवाहरुले धूमपान गर्ने गरेको पाइएको छ । प्राथमिक स्वास्थ्य सुरक्षा तथा स्रोत केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा वर्षेनी १६ हजार नेपालीको सूर्तीजन्य पदार्थको सेवनका कारण मृत्यु हुने गरेको जानकारी दिइयो ।सूर्ती सेवनका कारण क्षयरोग लागेर प्रत्येक वर्ष ७ हजार नेपालीको मृत्यु हुने गरेको छ । प्रतिवर्ष सूर्ती सेवनका कारण २७ हजार क्यान्सर रोगी थपिंदै गएको सरकारी तथ्यांक छ ।सूर्तीले जनस्वास्थ्यमा पार्ने असरका बारेमा गाउँ–गाउँमा जनचेतना जगाई पाठ्यपुस्तकमा सूर्तीजन्य पदार्थको सेवनका नकारात्मक असरबारे सबैलाई जानकारी दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु