लाखौं नेपाली फेसबुक सञ्जालमा

२०७० माघ २५ गते, शनिबार


काठमाडौँ । सन् २००४ मा अमेरिकाको क्यालिफोर्नियाका मार्केजुकर्रबर्गले सुरु गरेको सामाजिक सञ्जाल फेसबुक अहिले ३४ लाख नेपालीको सहयात्री बनिसकेका छन् । स्थापनाको दशौँ वर्षम्म आइपुग्दा बच्चादेखि वृद्धवृद्धासम्मको ध्यान तान्न सफल भएको फेसबुक नेपालमा सबैभन्दा धेरै हेरिने सामाजिक सञ्जाल हो । स्मार्टफोनको प्रयोगमा व्यापकता आएसँगै फेसबुक ‘लग इन’ गर्नेको संख्या नेपालमा बढे क्रममा छ । फेसबुक साइटका अनुसार कुल प्रयोगकर्तामध्ये २२ लाख पुरुष र १२ लाख महिलाको नाममा एकाउन्ट रजिस्टर गरिएको छ । झन्डै १८ लाख युजरले मोबाइलबाट फेसबुक चलाएको पाइएको छ भने अन्यले ल्यापटप, फिचर मोबाइल, कम्प्युटर, आइप्याडलगायतका डिभाइसबाट फेसबुक चलाउने गरेका छन् । सन् २००४ फेब्रुअरी ४ मा सुरु भएको अनलाइन सामाजिक सञ्जाल फेसबुकले यसै साता १० वर्षपूरा गरेको छ । फेसबुकका अहिले मासिक १ अर्ब १९ करोड सक्रिय ग्राहक छन् । नेपालमा मोबाइल प्रयोगकर्ताको संख्यासँगै फेसबुकमा आबद्ध हुने क्रम बढेको नेपाल दूरसञ्चार प्राधिरकणले जनाएको छ । प्राधिरकरणका अनुसार हालसम्म १ करोड ९५ लाख मोबाइल प्रयोगकर्ता छन् । मोबाइल तथा कम्प्युटरमार्फ् इन्टरनेटको पहुँच ७६ लाखमा पुगेको उल्लेख छ । स्मार्टफोन प्रयोगकर्ताले जीपीआरएस, थ्रिजी, वाइफाईमार्फ् इन्टरनेट प्रयोग गरी एकाउन्ट रजिस्टर गर्दा देशमा ‘नेपाल’ राखेकाले संख्या बढेर ३४ लाख नाघेको हो । कुल प्रयोगकर्तामध्ये १० प्रतिशत नक्कली फेसबुक अकाउन्ट भएको अनुमान छ । प्रयोगकर्तामा बैंककका अगाडिफेसबुक बढी प्रयोग गर्ने सहरमा कुन अगाडि छ भन्ने विषय अझै निश्चित भइसकेको छैन । यद्यपि मेक्सिको सिटी, न्युयोर्क, टोकियो र लास भेगास अगाडि रहेको सोसियलबर्ेकर्सस्याटिक्सले जनाएको छ । राजधानी सहरको हिसाबले भने बैंकक अगाडि छ । थाइल्यान्डमा १ करोड ४६ लाख फेसबुक प्रयोगकर्ता छन् । यो संख्यासहित थाइल्यान्ड फेसबुक प्रयोग गर्नेको सूचीमा १६ औँ स्थानमा छ । ६ महिनाकै अवधिमा थाइल्यान्डमा फेसबुक प्रयोगकर्ताको संख्यामा १३ लाखले वृद्धि भएको छ । विशेषगरी २५ देखि ३४ वर्षउमेर समूहका प्रयोगकर्ता बढेका छन् । थाइल्यान्डमा फेसबुक प्रवेश गर्नेको अनुपात २२.०१ प्रतिशतले वृद्धि भएको छ । बैंककमा ८६ लाख ८२ हजार, इन्डोनेसियाको जाकार्तामा ७४ लाख ३४ हजार, र्टर्कीको इस्तानबुलमा ७० लाख ६६ हजार, बेलायतको लन्डनमा ६१ लाख ३९ हजार, कोलम्बियाको बोगोटामा ६१ लाख १२ हजार, ब्राजिलको साओ पाउलोमा ५७ लाख १८ हजार, मेक्सिको सिटीमा ४२ लाख ९४ हजार फेसबुक प्रयोगकर्ता छन् । त्यस्तै चिलीको सान्टियागोमा ४१ लाख २९ हजार, भारतको मुम्बइमा ३७ लाख र अर्जेन्टिनाको ब्यर्ुनर्सआयर्समा ३५ लाख ३३ हजार प्रयोगकर्ता छन् । इन्टरनेट उद्योगको रूपमा विकसित भइरहेको फेसबुकको आम्दानी सन् २०१३ को पहिलो त्रैमासिकसम्ममा ७.८७२ अर्ब अमेरिकी डलर छ । कामदारहरूको संख्या तेस्रो त्रैमासिकसम्ममा ५ हजार ८ सय पुगेको विकिपिडियाले उल्लेख गरेको छ ।
यसैगरी जनवरी २०१३ को आँकडा प्रस्तुत गर्दै विकिपिडियाले फेसबुक प्रयोगकर्ताहरूमा अमेरिकामा १६ करोड ८८ लाख, ब्राजिलमा ६ करोड ४६ लाख, भारतमा ६ करोड २६ लाख, इन्डोनेसियामा ५ करोड १४ लाख र मेक्सिकोमा ४ करोड २ लाख रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार