माइक्रोसफ्ट प्रमुखमा भारतीय

२०७० माघ २३ गते, बिहीबार


काठमाडौं । सत्य नाडेला माइक्रोसफ्टका नयाँ कार्यकारी प्रमुख बनेकोमा भारतले बुधबार खुसी मनाएको छ र यसले भारतमा जन्मेका प्रतिभा विश्वको सबैभन्दा ठूलो अमेरिकी संस्थाको उच्च पदमा पुगेको कुरालाई समर्थन गरेको ठानिएको छ ।नाडेला मंगलबार उक्त ठूलो कम्पनीका तेस्रा प्रमुख कार्यकारी अधिकारी बनेका हुन् । उनी भारतको दक्षिणी स्थानमा रहेको हैदराबाद नगरमा जन्मेका तथा हुर्केका व्यक्ति हुन् । उनले मंगलौर विश्वविद्यालयमा अध्ययन गरेका थिए र थप अध्ययन तथा नोकरीका लागि अमेरिका गए ।
‘‘भारतले एउटा शक्तिको बिन्दु बनाएको छ’’, टाइम्स अफ इन्डिया समाचारपत्रले ४६ वर्षीय यी क्रिकेट प्रशंसकको नियुक्तिमा उल्लेख गरेको छ । ‘‘भारत स्पष्ट रूपमा एउटा प्रतिभाको यन्त्रको रूपमा उदाएको छ जसले निरन्तर रूपमा विश्वका प्रमुख कार्यकारी अधिकारीहरू उत्पादन गरिरहेको छ’’, यस दैनिकले भनेको छ ।नाडेलाले आफ्नो जीवनको आधा भाग प्रविधिको यो ठूलो संस्थामा काम गरेका छन् । उनी भारतमा जन्मेका व्यापारिक नेताहरूको एक शृङ्खलामा पर्नुहुन्छ जसले सम्मानित प्रमुख कार्यकारी अधिकारीको पद प्राप्त गरेका छन् ।यस समूहमा पेप्सिीकोका इन्दिरा नुई तथा मास्टरकार्डका अजय बाङ्गा पनि पर्छन् । विक्रम पण्डितले सन् २०१२ को अन्त्यसम्म सिटीबैङ्क सञ्चालन गरेका थिए । अंशु जैन हाल जर्मन बैङ्क डुएच बैङ्कका प्रमुख हुन् ।हैदरवादमा रहेको लोकज इन्टरप्राइजेज सलुसनका संस्थापक उत्तम मजुमदारले नाडेलाको नियुक्ति निकै गौरवको विषय भएको बताए । ‘‘उनी लाखौँ युवाका लागि नमुना व्यक्तित्व हुनसक्छन् । उनको नियुक्तिले विश्वको आँखामा एक मुलुकको रूपमा भारतको छवि विस्तार गर्छ’’ उनले भने ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार