पोखरामा क्यान इन्फोटेक

२०७० माघ १९ गते, आईतवार

काठमाडौं, – सूचना प्रविधि मेलाको पाँचौ संस्करण फागुन पहिलो साता पोखरामा हुने भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कास्कीको आयोजना हुन लागेको मेला फागुन ७ देखि ११ सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्नेछ।
क्यान कास्की अध्यक्ष चण्डीप्रसाद अर्यालका अनुसार सूचनाप्रविधि सम्बन्धी जानकारी दिलाउन र यस क्षेत्रमा भित्रिएका नयाँ प्रविधि बिस्तारका लागि मेला आयोजना गरिएको हो। युवापुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अभ्यस्त बनाउन पनि मेलाले सघाउने उनले बताए।
मेलामा बृहत् सूचना प्रविधि प्रर्दशनी, आइसिटी कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, क्विज कन्टेस्ट, निःशुल्क कम्प्युटर मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनीलगायत गतिविधि गरिने उनले बताए। ‘मुख्य रुपमा युवापुस्तालाई लक्षित गर्दै हामीले मेला आयोजना गरेका हौं,’ उनले भने, ‘सूचना प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रयोगलाई पनि यसले उजागर गर्नेछ। नयाँ प्रविधिसँगै भित्रिएका सामानको खरिदबिक्रीको अवसर पनि मेलाले दिनेछ।’स्कुल र कजेलस्तरका विद्यार्थीका लागि यस्तो मेला बढी उपयुक्त हुने आयोजकको भनाइ छ। मेलामा सूचना प्रविधिसम्बन्धी जानकारी दिने स्टल रहने छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार