अब एटीएमबाटै दूध

२०७० माघ १४ गते, मंगलवार


काठमाडौं । प्रविधिको विकाससँगै अब अटोमेटेड टेलर मेसिन -एटीएम) बाट पैसा मात्रै होइन, गाई भैंसीको दूध पनि निकाल्न सकिने भएको छ । भारत् गुजरातको चर्चित अमूल डेरीले एटीमबाट दूध निकाल्न सकिने प्रविधिको विकास गरेको हो। यो सुविधा सबैभन्दा पहिले भारतको गुजरातबाट त्यहाँका प्रमुख शहरहरुमा लागू हुनेछ । ‘एनी टाइम मिल्क’ अभियान अन्तरगत अमूल डेरीले १० रुपैयाँमा ३ सय मिलिलिटर दूध एटीएम मेसिनबाट प्राप्त गर्न सकिने योजना ल्याएको त्यहाँका सञ्चारमाध्यमले महत्वका साथ प्रकाशित गरेका छन् । दूधका साथै एटीएमबाट पनीर, दही र लस्सीलगायतका दूधजन्य पदार्थसमेत एटीएम मेसिनबाटै उपलब्ध गराउन लागिएको अमूल डेरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार